कार्तिक १६, २०८१ शुक्रबार | ०९:३०:४०
रोमाको कठिन जित इङ्ल्यान्डविरुद्ध नेपालको सानदार जित इङ्ल्यान्डले नेपाललाई दियो ९८ रनको लक्ष्य एट्लेटिको मड्रिडको सहज जित उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध रोमाको कठिन जित इङ्ल्यान्डविरुद्ध नेपालको सानदार जित इङ्ल्यान्डले नेपाललाई दियो ९८ रनको लक्ष्य एट्लेटिको मड्रिडको सहज जित उज्वेकिस्तान जाने आइटिएफ तेक्वान्दो टोलीको बिदाइ लुम्बिनीको विजयी यात्रा जारी साफ उपविजेता महिला खेलाडीलाई तिहार लगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा सुदूरपश्चिमको लगातार दोस्रो जित साफ च्याम्पियनसिप उपविजेता महिला टोलीका खेलाडीलाई सरकारले जनही तीन लाख दिने अफगानिस्तानका हसन इसाखिल चितवनमा अनुबन्ध

सुदूरपश्चिमको लगातार दोस्रो जित

सुदूरपश्चिमका कप्तान हेमन्त धामी (हरियो जर्सी) र गण्डकीका कप्तान अर्जुन कुमाल ।

विराटनगर । सुदूरपश्चिम प्रदेशले नरेश श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा बिहीबार सुदूरपश्चिमले गण्डकी प्रदेशविरुद्ध पाँच विकेटको जित निकाल्यो ।

जितसँगै सुदूरपश्चिमले तीन खेलमा चार अंक जोडेको छ । पराजित गण्डकीको पनि चार खेलबाट समान अंक छ ।

गण्डीले प्रस्तुत गरेको १०३ रनको लक्ष्य सुदूरपश्चिमले २६ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमका लागि आशिष लुहारले ३९, युवराज खत्रीले अविजित २७ र नरेन साउदले अविजित २० रन बनाए ।

गण्डकीका लागि अपराजित पौडेलले तीन तथा किरण भट्टराई र सिब्रिन श्रेष्ठले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले ३६.५ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनको योगफल तयार पारेको थियो । गण्डकीका लागि कप्तान अर्जुन कुमालले ३५ र सिब्रिन श्रेष्ठले २५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि सचिन भट्टले ८.५ ओभरमा तीन मेडनसहित मात्र १३ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी कप्तान हेमन्त धामी र युवराज खत्रीले समान दुई विकेट हात पारे ।  


भिडियो
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश
INDIA लाई हराएपछि BANGLADESH लाई मात दिने अन्तिम तयारी गर्दै Sabitra Bhandari र Team Nepal
टिकट विवादमा बोल्यो एन्फा : SURESH SHAH II SANJIB MISHRA
TEAM BANGLADESH PRE -MATCH PRESS CONFERENCE SAFF Women's Championship
टोलीप्रति म विश्वस्त छु, हामी भोलि जित्नेछौं : Anjila Tumbapo Subba CAPTAIN AND GOALKEEPER
BANGLADESH सँगको फाइनल जित्ने आत्मविश्वासका साथ खेल्छौं ।। Rajendra Tamang Head Coach Nepal