माघ २, २०८१ बुधबार | ११:४४:०४
ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल ओसाकाको पुनरागमन जित एसी मिलानको पुनरागमन जित लिभरपुल र नटिङघम फरेस्टले अंक बाँडे अन्तरविद्यालय बास्केटबलः भद्र घले क्वार्टरफाइनलमा खो-खो विश्वकप: महिलातर्फ नेपालको दोहोरो जित बिबीसी च्याम्पियन युवा विश्वकपको पहिलो सहभागितामै दोस्रो चरण पुग्न सक्छ नेपाली महिला टोली पुलिसविरुद्ध वालिङको पहिलो गोल, समग्रमा पाँचौं हार पुलिस ८५ रनले अगाडि झापाको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल

एमपिएलको अक्सन सम्पन्न

एमपिएलका कप्तान ।

पोखरा । माछापुच्छ्रे क्रिकेट क्लबको आयोजमा शनिबारदेखि सुरु हुने माछापुछ्रे प्रिमियर लिग (एमपिएल) को अक्सन सम्पन्न भएको छ ।

अक्सनबाट १२० खेलाडीलाई सहभागी टोलीले ५०० देखि १० हजार रुपैयाँ खर्चिएर अनुबन्ध गरे ।

प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउँदै छन् । यस पटक इस्लामिक कंक्रर्स, एभरेस्ट क्रिकेट क्लब, पोखरा फिनिक्स, कुस्मा वारियर्स, फिस्टेल अपमोस्ट, आरके भिक्टोरियन्स र लेखनाथ बुमर्सलेले प्रतिस्पर्धा गर्नेछन् ।

यी टिमको कप्तानी क्रमश प्रविन ढकाल, नुर इस्लाम, अजर मसुद, विश्वास गुरुङ, सन्देश शाही ठकुरी, दिपेश खत्री, कविन सापकोटा र प्रदीप तामाङले गर्नेछन् । 

अक्सनबाट विनोद नेपाली, विश्वास पराजुली, गोरे जिटी, जस्मिन थापाले सर्वाधिक १० हजार रुपैयाँ प्राप्त गरे ।

विनोदलाई गोलप्रथामार्फत पोखरा फिनिक्सले भित्र्यो । उनीमाथि सिएनडी वारियर्स, कुस्मा वारियर्स र एभरेस्ट क्रिकेट क्लबले बोली लगाएका थिए।

विश्वासलाई अनुबन्ध गर्न पनि पनि आरके भिक्टोरियन, लेखनाथ बुमर्स र कुस्मा वारियर्सले प्रतिस्पर्धा गरेका थिए । तर गोलाप्रथामा आरके भिक्टोरियन भाग्मानी ठहरियो ।

गोरे गोलाप्रथामार्फत सिएनडी वारियर्समा अनुबन्ध भए । उनलाई भित्र्याउन पाँच टोलीले बोली लगाएका थिए ।

जस्मिनलाई अनुबन्ध गर्न  इस्लामित कंक्रोर्स र लेखनाथ बुलर्सबीच चर्को प्रतिस्पर्धा भएको थियो । गोलाप्रथामा इस्लामिक कंक्रोर्स भाग्यमानी ठहरियो । 

खेलाडी खरिदका आरके भिक्टोरियन्स र पोखरा फिनिक्सले सर्वाधिक ४८/ ४८ हजार रुयैयाँ खर्च गर्दा फिस्टेल अपमोस्टले सबैभन्दा कम १३ हजार रुपैयाँ मात्र खर्चियो ।

लेखनाथ स्थित इडन हेभेन क्रिकेट मैदानमा  यो लिग दुई महिनासम्म सञ्चालन हुनेछ ।  

प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले  ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनाही ५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO