काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर मोर्नी मोर्केल भारतीय राष्ट्रिय पुरुष क्रिकेट टोलीको बलिङ प्रशिक्षकमा नियुक्त भएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ)का सचिव जय शाहले मोर्केललाई नियुक्त गरिएकाे जानकारी दिए । उनको सम्झौता सेप्टेम्बर १ देखि लागु हुनेछ ।
मोर्केलले बंगलादेशविरुद्धको शृंखलामार्फत आफ्ना कार्यभार सम्हाल्ने छन्। भारतले घरेलु मैदानमै बंगलादेविरुद्ध दुई खेलको टेस्ट र तीन खेलको ट्वान्टी-२० शृखला खेल्दैछ ।
टेस्ट सेप्टेम्बर १९ र ट्वान्टी-२० अक्टोबर ६ देखि सुरु हुनेछ ।
मार्केलले यसअघि पाकिस्तानी टोलीको बलिङ प्रशिक्षण सम्हालेका थिए । तर गत वर्ष सम्पन्न एकदिवसीय विश्वपकमा राम्रो प्रदर्शन गर्न नसकेपछि उनले राजिनामा दिएका थिए ।
भिडियो
SOMPAL KAMI || हामीले धेरै MISTAKE गर्यौं, MISTAKE नगर्ने हो भने शीर्ष चार सम्भव छ || KARNALI YAKS
BASIR AHAMAD || सबै टिममा एकजना MATCH WINNER हुन्छन् || NEPAL PREMIER LEAGUE || BIRATNAGAR KINGS ||
BASANTA SHAHI || 2ND INNINGS मा लक्ष्य पछ्याउन गाह्रो हुन्छ भन्ने थाहा थियो ||NEPAL PREMIER LEAGUE
DEV KHANAL || सँधै BOPARA ले म्याच जिताउन सक्दैनन्, नेपाली ब्याटरले पनि STEP-UP गर्नुपर्छ || NPL 2
BIPIN KHATRI || अर्लि विकेट आउँदा JANAKPUR लाई PRESSURE भयो || POKHARA AVENGERS || NPL SEASON 2 ||
ROHIT PAUDEL || LUMBINI LIONS को PLAYOFF सम्भावना सकिएको छैन || NPL SEASON 2 || NEPAL PREMIER LEAGUE
DHAMMIKA PRASAD || विराटनगरको आज दिन थिएन, अनि हामीले नराम्रो क्रिकेट खेल्यौं || BIRATNAGAR KINGS ||
