माघ ४, २०८२ आइतबार | ०८:४५:४७
रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

नेपाल नेदरल्यान्ड्ससँग पराजित

डालास। नेपालले आइसिसी ट्वान्टी-२० विश्वकपको आफ्नो पहिलो खेलमा नेदल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

अमेरिकाको डालासस्थित ग्रान्ड पियरे क्रिकेट मैदानमा मंगलबार नेपालले प्रस्तुत गरेको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

नेदरल्यान्ड्सका लागि म्याक्स ओ’ डोउडले ४८ बलमा चार चौका र एक छक्काको मद्दतले अविजित ५४ रनको योगदान गरे । यसैगरी विक्रमजित सिंहले २२, साइब्रान्ड एन्जलब्रेचले १४  र बास डी लिडेले अविजित ११ रन बनाए ।

नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.२ ओभरमा १०६ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ३७ बलमा पाँच चौकाको मद्दतले सर्वाधिक ३५रनको योगदान गरे । यसैगरी करण केसीले १७, गुल्सन झाले १४ र अनिलकुमार साहले ११ रन बनाए ।

नेदरल्यान्ड्सका लागि टिम प्रिन्गेलले र लोगन भान बिकले समान तीन तथा पउल भान मिकिरेन र बास डी लिडेले समान दुई विकेट लिए ।

अब नेपालले जेठ २९ मा श्रीलंकाको सामना गर्नेछ ।  


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate