डालास । आइसिसी ट्वान्टी-२० विश्वकपको उद्घाटन खेलमा क्यानाडाले घरेलु टोली अमेरिकालाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार बिहान अमेरिकाको डालासमा सुरु भएको विश्वकपमा क्यानाडाका ओपनर नावनीत धलिवाल तथा निकोलास किर्टनले अर्धसतक प्रहार । क्यानाडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९४ रनको याेगफल तयार पारेकाे थियाे ।
टस हारेर ब्याटिङ गरेको क्यानाडाको लागि धलिवालले ४४ बलमा ६ चौका र तीन छक्काकाे मद्दतले ६१ रन जाेडे। किर्टनले ३१ बलमा तीन चौका र दुई छक्कासहित ५१ रन बनाएपछि क्यानाडा बलियो याेगफलसम्म पुगेकाे हाे । दुई खेलाडीबीच ३७ बलमा ६२ रनको साझेदारी भएको थियो ।
यसैगरी ओपनर आरोन जाेनसनले २३, दिलप्रित बाज्वाले ११ रन बनाए। श्रेयस मोभाले १६ बलमा ३२ रनको योगदान गरे । अमेरिकाका अली खान, हर्मित सिंह र कोरी एन्डरसनले समान एक विकेट हात पारे ।
भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
