असार २३, २०८२ सोमबार | २०:५९:३०
यु-१६ राष्ट्रिय क्रिकेट टाेलीका सदस्य अभय यादव सम्मानित मनाङ लगातार दोस्रो खेलमा विजयी एनएसपिएल असोजमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बासडर हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला नर्वेकाे लगातार दोस्रो जित यु-१६ राष्ट्रिय क्रिकेट टाेलीका सदस्य अभय यादव सम्मानित मनाङ लगातार दोस्रो खेलमा विजयी एनएसपिएल असोजमा, नायक निखिल उप्रेती ब्रान्ड एम्बासडर हिमालयन शेर्पाले श्री भगवतीलाई हरायो फ्रेन्ड्सको सानदार जित एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने अल्कारेज क्वार्टरफाइनलमा अस्ट्रेलियालाई टेस्ट शृंखला नर्वेकाे लगातार दोस्रो जित

एसियाली खेलकुदः बक्सिङमा नेपालको चुनौती समाप्त

फाइल तस्बिरःएसियाली खेलकुदमा प्रतिस्पर्धा गर्दै सुष्मा तामाङ

काठमाडौं । चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुदको बक्सिङमा नेपालको चुनौती समाप्त भएको छ ।

हाङझाउ जिम्नाजियमा शनिबार ६६-७५ केजी तौल समूहमा सरस्वती राना भियतनामकी क्युन दिम लुसँग ४-१ ले पराजित भएसँगै नेपालको चुनौती सकिएको हो ।

बक्सिङमा नेपालबाट १३ खेलाडीको सहभागिता थियो । यसअघि शुक्रबार महिला ५४-५७ केजीको अन्तिम १६ मा चन्द्रकला थापा थाइल्यान्डकी पोर्नतीप ब्वापासँग ५-० ले पराजित भइन् ।

बिहिबार पुरुष ४७-५७ केजी तौलसमूहमा उत्तर कोरियाका सो चोनरियोसँग ५-० ले पराजित भएपछि रविन थापाको यात्रा अन्तिम १६ मै सिमित बन्यो । रविनले सोमबार इन्डोनेसियाका कोइबानु डियोलाई ४-१ ले हराउँदै पहिलो चरण पार गरेका थिए ।

आइतबार महिला ५७-६० केजी तौलसमूहमा नेपालकी संगिता सुनार भियतनामकी लिन थी भियासँग ५-० ले पराजित भएकी थिइन् । सोही दिन पुरुष ७१-८० केजीमा दीपक श्रेष्ठ उज्वेकिस्तानका तुराबेक खबिबुलायभसँग ५-० ले तथा महिला ५०-५४ केजीमा मिनु गुरुङ जापानकी रिन्का किनोशितासँग ५९० ले नै स्तब्ध बने ।

सोमबार महिला ६०-६६ केजीमा बिनीता थापा मगर चाइनीज ताइपेइकी नाइन सेनसँग रेफ्री स्पोट्स कन्टेस्टका आधारमा हार पराजित भइन् । सोही दिन पुरुष ६३.५-७१ केजीमा भारतका निशान्त देवसँग ५-० ले पराजित हुँदा दीपेश लामाको यात्रा अगाडि बढ्न सकेन ।

मंगलबार पुरुष ५२-५७ केजीमा बुद्ध लामा भियतनामका डुवङ भान ग्युयनसँग ५-० तथा ९१ केजीमा आशिष दवाडी मंगोलियाका बियकनर खलीसँग ३-१ ले पराजित हुँदै बाहिरिए ।

बुधबार महिला ४५-५० केजीमा सुष्मा तामाङ काजकस्तानकी नजिम किजाइबेसँग ५-० ले पराजित भइन् । त्यस्तै पुरुष ५७-६३.५ केजीमा चाइनीज ताइपेका एनचु लालसँग ४-० ले निराश बनेका भुपेन्द्र थापा मगरको यात्रामा पूर्णविराम लाग्यो ।

 


भिडियो
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY