ललितपुर । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषरको बक्सिङ हलमा शुक्रबारबाट जारी राष्ट्रिय महिला तथा पुरुष युथ तथा जुनियर बक्सिङ प्रतियोगिता अन्तर्गत आजका सेमिफाइनल बाउटहरु सम्पन्न भएको छ ।
पुरुष ५४ किलो तौल समुहमा एचटुओका आशिष बेगाले दमकका दिपेश विश्वकर्मा तथा बक्समाण्डुका प्रवल उप्रेतीले भाटभटेनी हेल्थ क्लबका लेन्डुप लामालाई समान ५ः० अंकको आधारमा स्तब्ध बनाए ।
५७ किलो तौल समुहमा अल्फाका रेमन पुनलेले मकवानपुरका ओम लामालाई ५ः० तथा दमकका योयल राईले एक्स बक्सिङका हुमबहादुर अधिकारीलाई ३ः२ अंकको आधारमा हराए ।
यसैगरी ६० किलो तौल समुहमा बक्समाण्डुका आशुष थापाले भाइबका युनिक तामाङबाट वाक ओभरको पाए । सोही तौल समुहमा स्वीट साइन्सका युगल रोका मगरले मकवानपुरका अभिषेक रानामगर तथा भाटभटेनी हेल्थ क्लबका निमा शेर्पाले टोटल फिजिकल फिटनेशका सुजिन पलान्चोकीलाई समान ४ः१ अंकको आधारमा स्तब्ध बनाए ।
जुनियर पुरुषतर्फ ४६ केजी तौल समुहमा नक्सालका सक्क्षम लामाले अल्फाका लालबहादुर घर्तीलाई ३ः ० अंकको तथा बाँकेका चन्दन शाहीले एचटुओका खेलाडी शुसभ लामालाई ५ः० अंकको आधारमा पराजित गरे ।
४८ केजी तौल समुहमा रोल्पाका रजिन पुन मगरले ललितपुरका अर्ज सिल्वालमाथि ५ः० अंकको आधारमा जित हासिल गरे । ५० केजी तौल समुहमा रोल्पाका दिप्लप घर्तीले च्याम्पियन बक्सिङ क्लबका मोहन केसीलाई आरएसिको आधारमा स्तब्ध बनाए ।
५२ केजी तौल समुहमा अल्फाका विजय घर्तिमगरले झापाका रोशन विश्वकर्मा तथा फाइट प्रमोशन काठमाडौंका मोहित विष्टले च्याम्पियनका करुण बुढामगरलाई समान ५ः० अंकको आधारमा हराए ।
५७ किलो तौल समुहमा स्वीट साइन्स बक्सिङका रोशीकी शाही खड्कीले एक्स बक्सिङ क्लबका शाहील लिम्बुलाई ५ः० अंक तथा झापाका निक्मा तामाङले भाइब बक्सिङका आशिष रिजाललाई नकआउटका आधारमा पराजित गरे ।
६० किलो तौल समुहमा एक्स बक्सिङका समुन्द्र थापाले अल्फाका समिर खवास तथा हासिल गरे । दांगका नयनसिंह भण्डारीले बक्समाण्डुका डी देव थिङ तामाङलाई समान ५ः० अंकको आधारमा निरास बनाए ।
७० किलो तौल समुहमा स्वीट साइन्सका नोर्वु शेर्पाले फाइट प्रोका उर्गेन शेर्पालाई आरएससीको आधारमा पराजित गरे । आर्यन फिटनेश क्लबका श्रीयान्स सिवाकोटीले ८० प्लस किलो तौल समुहमा दमकका ग्याल्बो आङ्गदाम्बेलाई आरएससीको आधारमा स्तब्ध बनाए ।
जुनियर महिलातर्फ ५० किलो तौल समुहमा झापाकी प्रतिमा राईले उदयपुरकी मुस्कान तुलाधरमाथि स्पिलट डिसिजनको आधारमा जित हासिल गरिन् ।
यसैगरी युथ महिला ५० किलो तौल समुहमा मकवानपुरकी रोशनी घलान नक्सालकी दिव्या लिम्बुलाईले अंकको आधारमा तथा एचटुओकी वृषा श्रेष्ठले स्वीट साइन्सकी शितास्मा खडकालाई आरएससीको आधारमा निरास पारे ।
युथतर्फकै ५४ किलो तौल समुहमा झापाकी स्मारिका राईले अल्फाकी पुष्पाकुमारी थापालाई ५ः० अंकको आधारमा पराजित गरिन् । एक्स बक्सिङका निकिशा गुरुङले ६० किलो तौल समुहमा उदयपुरकी चन्दन राईलाई आरएससी तथा चितवनकी बविता गोदार क्षेत्रीले आर्यनकी अन्शु केसीलाई ५ः० अंकको आधारमा हराए ।
यसैगरी युथ पुरुषतर्फका खेलमा एचटुओका अप्रिल रानाले ४८ किलो तौल समुहमा नक्सालका मानव लामा तथा अल्फाका गिर्वान केसीले आर्यनका दार्विन कोईरालालाई समान ५ः० अंकको आधारमा स्तब्ध बनाए ।
५१ किलो तौल समुहमा भक्तपुरका विकल व्वयोधाले बक्समाण्डुका विक्की अर्याललाई ५ः० अंकको आधारमा तथा बाँकेका शुभमजंग शाहले झापाका प्रज्जवल खडकालाई आरएससीका निरास पारे ।
५७ किलो तौल समुहमा बक्समाण्डुका छिरिङवाङ्गदी शेर्पाले एचटुओका छेवाङ तामाङलाई हराए ।
नेपाल बक्सिङ महासंघका महासचिव तथा प्रतियोगिता संयोजक मानबहादुर भण्डारीका अनुसार देश भरबाट युथ महिलातर्फ १६ र पुरुषतर्फ ५२, जुनियर महिलातर्फ सात र पुरुषतर्फ ४३ जना गरि जम्मा १ सय १८ खेलाडी सहभागी छन् ।
भण्डारीका अनुसार प्रतियोगितामा प्रथम हुने खेलाडीलाई उत्कृष्टताको आधारमा एएसबिसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपका लागि छनोट गरिने छ ।
प्रतियोगिता काजाकिस्तानको राजधानी आस्ताना शहरमा २०२३ अक्टोबर २१ देखि नोभेम्बर ४ मा हुनेछ ।