काठमाडौं । गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा लगातार सातौं जित दर्ता गरेको छ ।
कीर्तिपुर कभर्डहलमा आइतबार गोल्डेनगेटले सामाखुशी युथ क्लबलाई ७१-६४ ले पराजित गर्यो ।
जितसँगै खेलबाट १५ अंक जोडेको गोल्डेनगेट शीर्ष स्थानमा उक्लेको छ । पराजित सामाखुसी समान खेलबाट ९ अंकका साथ पुछारमा छ ।
गोल्डेनगेटले पहिलो क्वार्टरमा २३-१२ को अग्रता बनाएको थियो । दोस्रो क्वार्टर सामुखशीले १९-१६ ले आफ्नो पक्षमा पार्यो ।
तेस्रो क्वार्टरमा १९-१५ ले विजयी भएपछि गोल्डेनगेटले ५८-४६ को अग्रता बनायो । चौथो तथा अन्तिम क्वार्टरमा सामाखुशीले १८-१३ ले अगाडि रहे पनि त्यो जितका लागि बन्न सकेन ।
गोल्डेनेगटका निकेश मगर तथा सामाखुशीका प्रज्वल महर्जनले समान २२ अंकको योगदान गरे ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
