काठमाडौं । गोल्डेनगेट बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबिएल) मा लगातार सातौं जित दर्ता गरेको छ ।
कीर्तिपुर कभर्डहलमा आइतबार गोल्डेनगेटले सामाखुशी युथ क्लबलाई ७१-६४ ले पराजित गर्यो ।
जितसँगै खेलबाट १५ अंक जोडेको गोल्डेनगेट शीर्ष स्थानमा उक्लेको छ । पराजित सामाखुसी समान खेलबाट ९ अंकका साथ पुछारमा छ ।
गोल्डेनगेटले पहिलो क्वार्टरमा २३-१२ को अग्रता बनाएको थियो । दोस्रो क्वार्टर सामुखशीले १९-१६ ले आफ्नो पक्षमा पार्यो ।
तेस्रो क्वार्टरमा १९-१५ ले विजयी भएपछि गोल्डेनगेटले ५८-४६ को अग्रता बनायो । चौथो तथा अन्तिम क्वार्टरमा सामाखुशीले १८-१३ ले अगाडि रहे पनि त्यो जितका लागि बन्न सकेन ।
गोल्डेनेगटका निकेश मगर तथा सामाखुशीका प्रज्वल महर्जनले समान २२ अंकको योगदान गरे ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
