माघ ११, २०८२ आइतबार | २२:०६:५०
केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित चर्च ब्वाइजले जावलाखेललाई हरायो नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार केल्मी नेपालका प्रबन्धक न्यौपाने सम्मानित चर्च ब्वाइजले जावलाखेललाई हरायो नेपाललाई चौथो स्थान, दोस्रो हुनबाट चुक्यो भुटान एपिएफको अपराजित यात्रा कायमै, एनआरटीको लगातार जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको प्रारम्भिक टोली घोषणा गुरुङलाई राष्ट्रिय यु–२० महिला टोलीको जिम्मेवारी बंगलादेशलाई साफ महिला फुटसल च्याम्पियनसिपको उपाधि इङ्ल्यान्डले श्रीलंकालाई पाँच विकेटले हरायो रेलिगेशन क्षेत्रको उल्भ्सविरुद्ध सिटीको सहज जित बुन्डेसलिगामा बायर्नको पहिलो हार

हाउन्ड्सको छैटौं तथा सामाखुशीको पहिलो जित

रोयलविरुद्धको खेलमा 'प्लेयर अफ द म्याच' घोषित सामाखुशीका प्रज्वल महर्जनलाई पुरस्कार प्रदान गरिदै ।

काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेसबएल) मा हाउन्ड्स एकेडेमीले छैटौं तथा सामुखशी युथ क्बलले पहिलो जित दर्ता गरेका छन् ।

कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउन्ड्सले कीर्तिपुरमाथि ८८-८३ को रोमाञ्चक जित हात पार्यो ।

पहिलो क्वार्टरमा कीर्तिपुरले २४-२३ ले अग्रता लिएको थियो । तर हाउन्ड्सले पुनरागमन गर्दै त्यसपछिका दुई क्वार्टर २४-२, २४-१८ ले आफ्नो पक्षमा पार्यो ।

चौथो तथा अन्तिम क्वार्टरमा २१-१७ ले विजयी भए पनि कीर्तिपुरले हार टार्न भने सकेन ।

हाउन्ड्सका लागि विजय बुर्जाले सर्वाधिक २२ अंक जोडे । कीर्तिपुरका लागि निश्चल महर्जनले २८ स्कोर गरे ।

जितपछि सात खेलमा १३ अंक जोडेर हाउन्ड्स शीर्ष स्थानमै छ । कीर्तिपुर समान खेलबाट ९ अंकका साथ पाँचौ स्थानमा छ ।

मंगलबारै भएको अर्को खेलमा सामाखुशीले रोयललाई ८७-८० ले पराजित गर्यो ।

पहिलो क्वार्टरमा दुवै टोलीले समान १८ अंक जोडेका थिए । दोस्रो क्वार्टर रोयलले २५-२३ ले आफ्नो पक्षमा पार्दै हाफ टाइमसम्म ४३-४१ को अग्रता बनायो ।

तर त्यसपछि सामाखुशीले उत्कृष्ट पुनरागमन गर्दै खेल जित्यो । टोलीले त्यसपछिका दुई क्वार्टर २०-१४, २७-२३ ले आफ्नो पक्षमा पारेको थियो ।

सामाखुशीको जितमा प्रज्वल महर्जन २३ अंकको योगदान गरे । रोयलका लागि प्रसङध्वज मास्केले सर्वाधिक २६ अंक जोडे ।

पहिलो जितसँगै सात खेलबाट आठ अंक जोडेको सामुखशी अन्तिम स्थानमै छ । पाँचौ हार बेहोरेको रोयल समान खेलबाट ९ अंकका साथ चौथो स्थानमा छ ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate