काठमाडौं । ज्ञान निकेतन, एनसीसीएस र आयोजक अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) ले एआइए ‘थ्री एक्स थ्री’ बास्केटबल प्रतियोगिताकोच्याम्पियन बनेका छन् ।
आइतबार सम्पन्न प्रतियोगितामा ज्ञान निकेतनले सिनियर ब्वाइज, एनसिसीएसले सिनियर गर्ल्स र एआइएले जुनियर ब्वाइजतर्फको उपाधि जिते ।
सिनियर ब्वाइजको फाइनलमा ज्ञान निकेतनले सनसाइनलाई १२-१० ले पराजित गर्यो । सिनयर गर्ल्सको उपाधि भिडन्तमा एनसिसीएले रोज बडलाई ८-४ ले हरायो ।
शंखमुलस्थित घरेलु कोर्टमा भएको जुनियर ब्वाइजको फाइनलमा एआइएले ज्ञान निकेतनमाथि ८-४ को जित दर्ता गर्यो ।
सिनियर ब्वाइजमा ज्ञान निकेतनका महेन्द्र प्याकुरेल, सिनियर गर्ल्समा एनसिसीएसकी दिभा महर्जन र जुनियर ब्वाइजमा एआइएका दिक्षान्त ठकुरी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
यसैगरी सिनियर ब्वाइजमा एआइए, सिनियर गर्ल्समा इनोभेटिभ र जुनियर ब्वाइजमा काठमाडौं जेभियर अनुशासित टोली घोषित भए ।
विजेतालाई बागमती प्रदेशका सांसद सुरजचन्द्र लामिछाने, एआइएका प्रबन्ध निर्देशक विष्णु अर्याल, एआईएका प्रिन्सिपल विमल घिमिरेलगायतले पुरस्कृत गरे ।
तीन दिने प्रतियोगिताको सिनियर ब्वाइजमा २७, सिनियर गर्ल्समा २४ र जुनियर ब्वाइजमा १६ टिम सहभागी थिए ।