चैत्र ७, २०८२ शनिबार | १८:५४:५४
घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश

एकलतर्फ सूर्यक्ष र पारुललाई स्वर्ण

सांकेतिक तस्बिर

काठमाडौं । योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेसनल सिरिजको एकलमा पुरुषतर्फ सूर्यक्ष रावत र महिलातर्फ पारुल चौधरीले स्वर्ण पदक जितेका छन् ।

भारतिय खेलाडीको दबदबा रहेको प्रतियोगिताको  सूर्यक्षले अंश नेगीलाई २१-१७, २१-१८ तथा पारुलले मेधावी नागरलाई २१-१७, २१-१६ ले पराजित गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ( राखेप) को कभर्डहलमा आइतबार सम्पन्न प्रतियोगिताको पुरुषतर्फ साईप्रसाद तिगला र विश्वजित चौधरी तथा महिलातर्फ इशिता नेगी र दिया भिमैयाले कांस्य पदक जिते ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला युगलतर्फको उपाधी आन्या विष्ट र एन्जल पुनेराले ले जिते ।  उक्त जोडीले दिया भिमैया र वरुणी पर्सवाललाई २१-१४, २१-१८ ले पराजित गरे । इशिता नेगी र भान्सिका ठाकुर तथा जेनिथ अब्बिगिल र तारिनी सुरीको जोडी तेस्रो स्थानमा रहे ।

पुरुष युगलतर्फको फाइनलमा भाव्य छाबरा र परम चौधरीको जोडीले  दिभ्यांस अग्रवाल र निरज केशरीको जोडीलाई २१-१७, २१-१५ ले हराए । तेश्रो स्थानमा दभ्यांश रावत र योगांश सिंहको जोडी तथा सी। लालरामसंग र सौरभ साहुको जोडी रहे।

मिक्स युगलतर्फ भाव्य छाबरा र एन्जल पुनेराको जोडीले गर्भ सानी र ईशिता नेगीको जोडीलाई २१-१३, २१-१४ ले पराजित गर्दै उपाधीमा आफ्नो नाम लेखाए । सौरभ साहु र प्रगती परिदा तथा विजोन जैसन र आन्या विष्टको जोडीले तेस्रो स्थान हासिल गरे ।  

विजेताले मेडल तथा प्रमाण पत्र प्राप्त गरे । प्रतियोगितामा भारतका ६०, नेपालका १६, थाइल्यान्डका १०, युएइका चार, इरानका तीन, न्युजिल्याल्यान्डका दुई तथा मलेसिया, अस्ट्रेलिया, बंगलादेश र इन्डोनेसियाका समान एक खेलाडीको सहभागिता थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो