काठमाडौं । फिटनेस पार्क ब्याडमिन्टन एकेडेमीको आयोजनामा प्रथम मुख्यमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बुधबार देखि हुने भएको छ । प्रतियोगितामा ९ स्पर्धा समावेश गरिएको छ ।
विश्व ब्याडमिन्टन महासंघको नियम अनुसार खेलाइने प्रतियोगितामा पुरुष/महिला एकल, यु-१९ ब्वाइज/ गर्ल्स सिंगल, यु-१३ ब्वाइज/ गर्ल्स सिंगल,, पुरुष युगल, ४५ वर्षमाथि र ५५ वर्षमाथि भेट्रान्स स्पर्धा समोवश छ ।
प्रतियोगिताको पुरुष/ महिला एकलको विजेतालाई ५० हजार, उप विजेतालाई २५ हजार र तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ ।
यसैगरी यु-१९ को विजेताले २५ हजार, उपविजेताले १५ हजार तथा तेस्रो हुने खेलाडीले ५ हजार रुपैयाँ तथा पुरुष युगलतर्फ विजेताले ५० हजार, उपविजेताले २५ हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
४५ वर्षमाथिको भेट्रान्समा विजेतालाई ३० हजार रुपैयाँ, उपविजेतालाई २० हजार तथा तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिने छ । ५५ वर्षमाथिको भेट्रान्समा विजेतालाई २० हजार, उपविजेतालाई १० हजार तथा तेस्रो हुनेलाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।
सम्पूर्ण खेलहरु वसुन्धरास्थित आयोजककै कभर्ड हलमा हुनेछ । प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने छ ।