जेष्ठ २३, २०८२ बिहीबार | १०:४९:००
सेमिफाइनलमा जोकोभिच र सिनर भिड्ने पुनरागमन जित निकाल्दै पोर्चुगल फाइनलमा आधुनिक बन्दै कभर्डहल झन्डै चार दशकपछि नेपाल र हङकङ भिड्दै आरिफको अर्धशतकमा नेपालको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ५ विकेटले पराजित भिआर बैंक कपमा सहभागी हुन जाने फुटबल टोलीको बिदाइ नेपाल अक्वाटिक्स च्याम्पियनसिप शनिबार र आइतबार हुने नेपाल ‘ए’ च्याम्पियन, सद्भावको कोर्स रेकर्ड मनास्लु च्याम्पियन नेदरल्यान्ड्सले दियो नेपाललाई २२६ रनको लक्ष्य सेमिफाइनलमा जोकोभिच र सिनर भिड्ने पुनरागमन जित निकाल्दै पोर्चुगल फाइनलमा आधुनिक बन्दै कभर्डहल झन्डै चार दशकपछि नेपाल र हङकङ भिड्दै आरिफको अर्धशतकमा नेपालको लगातार दोस्रो जित, नेदरल्यान्ड्स ५ विकेटले पराजित भिआर बैंक कपमा सहभागी हुन जाने फुटबल टोलीको बिदाइ नेपाल अक्वाटिक्स च्याम्पियनसिप शनिबार र आइतबार हुने नेपाल ‘ए’ च्याम्पियन, सद्भावको कोर्स रेकर्ड मनास्लु च्याम्पियन नेदरल्यान्ड्सले दियो नेपाललाई २२६ रनको लक्ष्य

लुम्बिनीको सानदार जित,रौनक श्रीवास्तवको दोहोरो शतक

काठमाडौं । रौनक श्रीवास्तवको दोहोरो शतकप्रेरित लुम्बिनी प्रदेशले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार गण्डकी प्रदेशविरुद्ध ३३२ रनको सानदार जित दर्ता गरेको छ ।

विरेन्द्रनगर क्रिकेट मैदानमा लुम्बिनीले प्रस्तुत गरेको ४०४ रनको लक्ष्य पछ्याएको गण्डकी २८.२ ओभरमा ७१ रनमै समेटियो ।

गण्डकीका लागि आनिश राउले अविजित २२ र प्रतिश रावतले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका शुभम खनालले आठ ओभरमा चार मेडनसहित ९ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी रौनक श्रीवास्तवले दुई तथा लक्ष्मण कुमाल र सोएब हुसेन मुलसमानले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै ४०३ रनको योगफल तयार पारेको थियो ।

लुम्बिनीका लागि रौनकले ११७ बलमा समान १६ चौका र छक्काको मद्दतले सर्वाधिक २१७ रनको योगदान गरे । यसैगरी लक्ष्मण कुमालले ७३ बलमा ६ चौकासहित ६०, आरिफ खानले २५,समीर अली मुसलमान र शुभम खनालले समान १७ तथा चन्द्र थापाले अविजित १० रन बनाए ।

गण्डकीका लागि करण गैरेले तीन, राज परियारले दुई तथा अनिश राउत, सैलेश काफ्ले, रिदम पाण्डे, सुजन अर्याल र कप्तान सुप्रिम सुनारले समान एक विकेट लिए । 


भिडियो
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?
KHELADI TALKS WITH AJAY PHUYAL II KARATE PLAYER ARIKA GURUNG भन्छिन्ः खेलाडीमा भेदभाव गर्नुहुन्न ।
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II