चैत्र १६, २०८२ सोमबार | १५:२४:१७
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड चैत ३० गते हुने

फाइल तस्विर ।

काठमाडौं । पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड प्रतियोगिताको दोस्रो संस्करण चैत ३० गते हुने भएको छ ।

पञ्चकन्या जनकल्याण युवा समाजको आयोजनामा हुन लागेको प्रतियोगितामा पुरुष/महिला खुला १० किमि र पञ्चकन्या पालिकास्तरीय छात्र/छात्रातर्फ ५ किमि विधा समावेश छ ।

खुला दौडतर्फ पुरुष र महिलातर्फका विजेताले २२ हजार, उपविजेताले १६ हजार र तेस्रो हुनेले १० हजार पाउनेछन् । यस्तै ५ किमि छात्र छात्रा दौडतर्फ विजेतालाई ११ हजार, उपविजेतालाई ७ हजार र तेस्रो हुनेलाई ४ हजार रुपैयाँ प्रदान गरिने छ ।

नुवाकोटको पञ्चकन्या गाउँपालिकाको कार्यालय लाकुरीभन्ज्याङबाट सुरु हुने दौड घ्याङस्वाँरा सहिद स्मारक पर्यटकीय पार्क पुगेर सोही रुट हुँर्द घलेभन्ज्याङ आएर सकिनेछ ।

सोही अवसरमा पञ्चकन्या पालिकाका राष्ट्रिय पदक विजेता खेलाडीलाई पनि सम्मान गरिने आयोजकले बताएको छ । दौडमा सहभागिताका लागि दर्ता खुला गरिएको कार्यक्रम संयोजक एवं आयोजक संस्थाका कोषाध्यक्ष रामहरि भण्डारीले जानकारी गराए ।

भण्डारीका अनुसार अनुसार खुलातर्फ ५०० र छात्रा छत्रतर्फ ३०० रुपैया तिरेर चैत २० सम्म प्रत्यक्ष र अनलाइनबाट फारम भर्न सकिनेछ । सहभागीलाई निःशुल्क टिसर्ट र खानाको व्यवस्था गरिनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो