जेष्ठ २१, २०८२ मंगलबार | १७:४०:५६
कीर्तिमानी धावक वैकुण्ठ मानन्धर सम्मानित लुम्बिनीको सानदार जित, रौनक श्रीवास्तवको दोहोरो शतक कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने कर्णालीको सहज जित नेपाल आइपुगिन् एरिका गुरुङ सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित कीर्तिमानी धावक वैकुण्ठ मानन्धर सम्मानित लुम्बिनीको सानदार जित, रौनक श्रीवास्तवको दोहोरो शतक कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने कर्णालीको सहज जित नेपाल आइपुगिन् एरिका गुरुङ सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित

राजन र सन्तोषी च्याम्पियन

काठमाडौं । नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठ चौथो राइट टु प्रोटिन रनको च्याम्पियन बनेका छन् ।  प्रतियोगिताको मुख्य स्पर्धा हाफ म्याराथनको पुरुषमा राजन र महिलामा सन्तोषी पहिलो भए  ।

दुवैको तेश्रो यो सहभागिता हो । तेश्रो संस्करणमा सहभागिता नजाएका राजन पहिलो संस्करणमा चौथो र दोश्रोमा दोश्रो भएका थिए । सन्तोषी पहिलो र तेश्रो संस्करणको पनि विजेता हुन् ।

राजनले निर्धारित २१ किलोमिटर दूरी पूरा गर्न १ घण्टा ०६ मिनेट १० सेकेन्ड समय खर्चिए । आर्मीकै खडकबहादुर खड्का १ घण्टा ०६ मिनेट १५ सेकेन्डका साथ दोश्रो भए । १ घण्टा ०६ मिनेट २० सेकेन्डमा दौड पूरा गर्दै वाहोमका जुलियस मुरलुकी तेश्रो बने । आर्मीका मुकेशबहादुर पाल र सुशीलकुमार शाही क्रमशः चौथो र पाँचौं स्थानमा रहे ।

सन्तोषीले निर्धारित दूरी १ घण्टा २० मिनेट ४८ सेकेन्डमा तय गरिन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २२ मिनेट ५१ सेकेन्डका साथ दोश्रो तथा एपिएफकी पुष्पा भण्डारी १ घण्टा २४ मिनेट २१ सेकेन्डका साथ तेश्रो भए । आर्मीकी निर्मला केसीले चौथो तथा नेपाल प्रहरीकी सुमित्रा चौधरीले पाँचौं स्थानमा दौड टुंगाए ।

पुरुष÷महिला दुवैमा शीर्ष ५ स्थानमा रहनेले क्रमशः १ लाख ५० हजार, १ लाख, ७० हजार, ५० हजार र ३० हजार रुपैयाँ पुरस्कार  गरे ।

नेपाल भेटेरिनरी संघद्वारा आयोजित प्रतियोगिताको पुरुष खुला १० किलोमिटर दौडमा आर्मीका सञ्जय श्रेष्ठ पहिलो भए । उनले ३० मिनेट १०.०७ सेकेन्डमा दौड सकाए । दोलखाका मिङमार शेर्पा ३१ मिनेट ०८.४० सेकेन्डका साथ दोश्रो तथा आर्मीका दीपक अधिकारी ३१ मिनेट १७.२९ सेकेन्डमा दौड पूरा गर्दै तेश्रो भए । आर्मीका रामजी बस्नेत चौथो र एपिएफका सन्तोषविक्रम विष्ट पाँचौं भए ।

उनीहरूले क्रमशः ५०, ४०, ३० हजार, २० हजार र  १० हजार रुपैयाँ हात पारे  पुरस्कार जिते ।

महिला ५ किलोमिटर दौडमा एपीएफकी फुलमति राना पहिलो हुँदा २३ मिनेट १३ सेकेन्डको समय निकालिन् । एपिएफका आशा रावत दोश्रो तथा दिपा परियार तेश्रो भए । दौड पूरा गर्न आशाले २३ मिनेट ३७ सेकेन्ड तथा दिपाले २३ मिनेट ४५ सेकेन्ड समय लगाए । जुम्लाकी राज्यलक्ष्मी रावल चौथो र आर्मीकी रेखा लिम्बुले पाँचौं स्थान हासिल गरे ।

विद्यालयतर्फ (कक्षा १२ सम्म) ५ किलोमिटर पुरुषमा लोकेन्द्र बोहरा ,कृष्णबहादुर परियार,  हस्त सुनार, सम्राट कोयाहाङ लिम्बु र पुकारजंग बस्नेत शीर्ष पाँचमा रहे ।

व्हिलचेयरको पुरुषमा रमेश खत्री, प्रेमबहादुर विक, दिपक आले मगर, विष्णुपुकार श्रेष्ठ र अर्जुन दोङ तथा महिलामा ऐश्वर्यकुमारी कुमाल, यानी झाँक्री मगर , रजनी राई हिउँकला साउद  र मिना मगरले क्रमशः पहिलोदेखि पाँचौं स्थान हासिल गरे ।

चारै स्पर्धाका शीर्ष पाँचले क्रमशः ३०, २०, १५ , १० र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विद्यालयतर्फ (कक्षा १२ सम्म) महिला ३ किलोमिटरमा अस्मिता भुजेल, नारायणी भण्डारी, भगवती खड्का, पूजा पछाईं र पुष्पा शर्मा शीर्ष पाँचमा रहे ।

उनीहरूले क्रमशः २० हजार, १५ हजार, १० हजार, ५ हजार र २ हजार ५०० रुपैयाँ पुरस्कार पाए ।

विजेतालाई कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्र, प्रतियोगिताका संयोजक डा.सितलकाजी श्रेष्ठलगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा करिब ८ हजारको सहभागिता रहेको संयोजक श्रेष्ठले जनाएका छन् ।

सबै दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी दशरथ रंगशालामै आएर टुंगिएको थियो । प्रतियोगितामा बालवालिकाको रन फर फनमा पनि प्रतिस्पर्धा भएको थियो ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY