माघ १०, २०८२ शनिबार | १०:१४:१२
जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह जेन्जी खेलमन्त्रीसँग के छ जवाफ ? रेडबुलमै रमाइरहेका क्लोप किन प्रशिक्षणमा फर्कन चाहन्नन् ? फुटबलै नरहे के को एन्फा ? नेपाली महिला क्रिकेट टोलीको साहसिक प्रदर्शन, अघि बढ्ने अवस्था कमजोर युरोपेली फुटबलमा इङ्लिस क्लबको वर्चस्व लालिगुराँसको लगातार तेस्रो जित, पुलिसको दोस्रो हार भारतको चुनौती समाप्त, उपाधिमा भुटान र बंगलादेशको दाबेदारी सातदोबाटोको पहिलो जित, मनाङको लगातार तेस्रो हार पाकिस्तानको चुनौती समाप्त, च्याम्पियन बन्न बंगलादेश एक जित टाढा श्री भगवतीसामू नव जनजागृति निरीह

विश्वराम र अस्मिता च्याम्पियन

प्लस टु छात्रातर्फका पदक विजेतालगायत ।

काठमाडौं । विश्वराम कुँवर र अस्मिता भुजेल बैकुण्ठ मानन्धर अन्तरविद्यालय ५ किलोमिटर दौड प्रतियोगितामा च्याम्पियन बनेका छन् ।

शनिबार प्लस टुको छात्रतर्फ चाणक्य कलेजका विश्वराम तथा छात्रातर्फ लालीगुराँस नेसनल एकेडेमीकी अस्मितो उपाधि जिते ।

विश्वरामले निर्धारित दूरी १८ मिनेट ०४.५ सेकेन्डमा पूरा गरे । नव प्रभातका तयाहाङ राई दोश्रो तथा त्रिवेणी पब्लिकका अमृत विश्वकर्मा तेश्रो भए ।

अस्मिताले दूरी तय गर्न २१ मिनेट ३२.७ सेकेन्ड समय खर्चिन् । लालीगुराँसकै भगवती खड्का दोश्रो तथा एभरेष्टकी स्वस्तिका तिरुवा तेश्रो भए ।

दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको नाममा स्थापना गरिएको बैकुण्ठ मानन्धर खेलकुद नेपालद्वारा आयोजित प्रतियोगिताको कक्षा ८ देखि १० सम्मको छात्रमा ब्राइट होराइजनका हस्त सुनार १८ मिनेट १७.२ सेकेन्डको समय निकाल्दै पहिलो भए । सरस्वतीका नमराज बानियाँ दोश्रो तथा महेन्द्र ग्रामका सन्तोष कार्की तेश्रो स्थानमा रहे ।

सो स्पर्धाको छात्रामा लालीगुराँसकी सर्मिला विकले स्वर्ण जितिन् । सर्मिलाले २३ मिनेट ०२.३ सेकेन्ड समय लगइन् । श्रीकृष्णकी प्रमिशा कार्की दोश्रो तथा श्रीकृष्णकै अस्मिता गोले तेश्रो स्थानमा रहे ।

भेट्रान पुरुष ६५ वर्षमाथि रामकृष्ण महर्जनले स्वर्ण, पुष्पलाल श्रेष्ठले रजत र कुमुदराज श्रेष्ठले कांस्य पदक जिते । पुरुष ५६ देखि ६५ वर्षमा महर्जनत्रय देव, विक्रम र रामभक्त शीर्ष तीनमा रहे ।

४५ देखि ५५ वर्षमा भीमबहादुर गुरुङले पहिलो  राजु भण्डारीले दोस्रो र रामचन्द्र श्रेष्ठले तेस्रो स्थान हासिल गरे ।भेट्रान महिलामा कृष्णेश्वरी सिन्तकला पहिलो, सर्मिला बस्नेत दोश्रो र कल्पना महर्जन तेश्रो भए  ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, मदन भण्डारी स्पोर्टु एकेडमीका अध्यक्ष ध्रुव आचार्य, आयोजक संस्थाका अध्यक्ष बैकुण्ठ मानन्धरलगायतले  पुरस्कृत गरे ।

विभिन्न १० स्पर्धा समावेश दौडमा करिब ६५० प्रतिस्पर्धी सहभागी थिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको दौड सोही स्थानमा आएर टुंगिएको थियो ।

समापनका अवसरमा एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीलाई खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएकोमा सम्मान गरिएको थियो ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate