चैत्र ८, २०८२ आइतबार | ०२:१०:३६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

विश्वराम र अस्मिता च्याम्पियन

प्लस टु छात्रातर्फका पदक विजेतालगायत ।

काठमाडौं । विश्वराम कुँवर र अस्मिता भुजेल बैकुण्ठ मानन्धर अन्तरविद्यालय ५ किलोमिटर दौड प्रतियोगितामा च्याम्पियन बनेका छन् ।

शनिबार प्लस टुको छात्रतर्फ चाणक्य कलेजका विश्वराम तथा छात्रातर्फ लालीगुराँस नेसनल एकेडेमीकी अस्मितो उपाधि जिते ।

विश्वरामले निर्धारित दूरी १८ मिनेट ०४.५ सेकेन्डमा पूरा गरे । नव प्रभातका तयाहाङ राई दोश्रो तथा त्रिवेणी पब्लिकका अमृत विश्वकर्मा तेश्रो भए ।

अस्मिताले दूरी तय गर्न २१ मिनेट ३२.७ सेकेन्ड समय खर्चिन् । लालीगुराँसकै भगवती खड्का दोश्रो तथा एभरेष्टकी स्वस्तिका तिरुवा तेश्रो भए ।

दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको नाममा स्थापना गरिएको बैकुण्ठ मानन्धर खेलकुद नेपालद्वारा आयोजित प्रतियोगिताको कक्षा ८ देखि १० सम्मको छात्रमा ब्राइट होराइजनका हस्त सुनार १८ मिनेट १७.२ सेकेन्डको समय निकाल्दै पहिलो भए । सरस्वतीका नमराज बानियाँ दोश्रो तथा महेन्द्र ग्रामका सन्तोष कार्की तेश्रो स्थानमा रहे ।

सो स्पर्धाको छात्रामा लालीगुराँसकी सर्मिला विकले स्वर्ण जितिन् । सर्मिलाले २३ मिनेट ०२.३ सेकेन्ड समय लगइन् । श्रीकृष्णकी प्रमिशा कार्की दोश्रो तथा श्रीकृष्णकै अस्मिता गोले तेश्रो स्थानमा रहे ।

भेट्रान पुरुष ६५ वर्षमाथि रामकृष्ण महर्जनले स्वर्ण, पुष्पलाल श्रेष्ठले रजत र कुमुदराज श्रेष्ठले कांस्य पदक जिते । पुरुष ५६ देखि ६५ वर्षमा महर्जनत्रय देव, विक्रम र रामभक्त शीर्ष तीनमा रहे ।

४५ देखि ५५ वर्षमा भीमबहादुर गुरुङले पहिलो  राजु भण्डारीले दोस्रो र रामचन्द्र श्रेष्ठले तेस्रो स्थान हासिल गरे ।भेट्रान महिलामा कृष्णेश्वरी सिन्तकला पहिलो, सर्मिला बस्नेत दोश्रो र कल्पना महर्जन तेश्रो भए  ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, मदन भण्डारी स्पोर्टु एकेडमीका अध्यक्ष ध्रुव आचार्य, आयोजक संस्थाका अध्यक्ष बैकुण्ठ मानन्धरलगायतले  पुरस्कृत गरे ।

विभिन्न १० स्पर्धा समावेश दौडमा करिब ६५० प्रतिस्पर्धी सहभागी थिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको दौड सोही स्थानमा आएर टुंगिएको थियो ।

समापनका अवसरमा एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीलाई खेलकुदको विकास र विस्तारमा योगदान पुर्याएकोमा सम्मान गरिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो