जेष्ठ २१, २०८२ मंगलबार | १७:२३:११
लुम्बिनीको सानदार जित, रौनक श्रीवास्तवको दोहोरो शतक कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने कर्णालीको सहज जित नेपाल आइपुगिन् एरिका गुरुङ सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने लुम्बिनीको सानदार जित, रौनक श्रीवास्तवको दोहोरो शतक कर्मचारी खेलकुद प्रतियोगिता बुधबारबाट हुने कर्णालीको सहज जित नेपाल आइपुगिन् एरिका गुरुङ सिनर क्वार्टरफाइनलमा जोकोभिचकाे सानदार जित महिला एकदिवसीय विश्वकप भारत र श्रीलंकाले आयोजना गर्ने पहिलो उपाधिको लक्ष्यमा बेङ्लुरु र पञ्जाव करण चम्किँदा नेपालको रोमाञ्चक जित ग्रिजम्यान सन् २०२७ सम्म एटलेटिको मड्रिडमै रहने

नेपालगन्ज म्याराथनको आउटरिच म्यानेजरमा चाहना शाह नियुक्त

चाहना शाह

काठमाडौं । धारा नेपालगन्ज म्याराथनले युथ ओलम्पिक एम्बासडर चाहना शाहलाई नेपालगन्ज म्याराथनको आउटरिच म्यानेजरमा नियुक्त गरेको छ ।

ट्रायथलनकी अन्तर्राष्ट्रिय  निर्णायक चाहनाले समग्र म्याराथनको अपरेसन टिममा रहेर जिम्मेवारी निर्वाह गर्नेछिन् ।

यसैगरी म्याराथनको १०औं संस्करणलाई विशेष बनाउने उदेश्यका साथ ‘दशौंमा दश इभेन्ट’ गरिने भएको छ ।

असोज ३ गते नेपालमै पहिलोपटक हुने नेपालगन्ज १० किमी रात्रीदौडबाट इभेन्टको सुरुआत हुनेछ ।

त्यसैगरी रनिङ संस्कृति बढावा दिनका लागि असोज ५ गतेदेखि वर्षभरी हरेक शनिबार सञ्चालन हुनेगरी ‘साप्ताहिक रन’ कार्यक्रम हुँदैछ । यसका लागि रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङलाई प्रमुख जिम्मेवारी दिइएको छ ।

बाँके जिल्ला एथ्लेटिक्स संघले यसमा साझेदारी गर्नेछ । १०औं धारा नेपालगन्ज म्याराथनलाई लक्षित गरी स्कुल कलेजमा लेक्चर सिरिज सञ्चालन हुनेछ । यसका लागि चाहना शाहलाई संयोजनको जिम्मेवारी दिइएको छ ।

यसैगरी गौघाट ग्रिन रन, मंसिर ५ गते दीप प्रज्वलन, म्याराथन एक्स्पो, फोटो प्रदर्शनी, नेपालगन्ज कनक्लेव, दशक रत्न सम्मान हुँदै मंसिर २२ गते धारा नेपालगन्ज म्याराथनको १० औं संस्करण गरिने नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए  ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएकोमा यस वर्ष कर्णालीमा बृहत राष्ट्रिय खेलकुद् परेकाले म्याराथन मंसिर २२ गते हुन लागेको हो ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको धारा नेपालगन्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज र कोहलपुरलाई जोड्दै आएको छ ।

 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II HIMESH RATNA BAJRACHARYA II AUTHOR, SWARNAKATHA NEPALI FOOTBALLKO
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY