वैशाख २८, २०८२ आइतबार | २२:३९:३७
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

दुर्घटना कम गर्न सडक सुरक्षामा कडाई गर्नु पर्छ : भट्टराई

नेपालगन्ज, (खेलाडी)- अव्यवस्थित सडक संरचना र सडक सुरक्षामा आवश्यक जनचेतना नहुँदा नेपालमा सडक दूर्घटनाको संख्या बढदै गएको नेपाल अटोमोबाइल्स स्पोर्टस एशोसियसन (नासा)का प्रमुख सल्लाहाकार गोविन्द भट्टराईले बताएका छन । 

विश्वमा अकालमा मृत्यु हुने कारणमा सडक दुर्घटना आठौं नम्बरमा पर्छ । तर नेपालमा भने अकालमा मृत्यु हुनेमा सडक दुर्घटना पहिलो नम्बरमा पर्छ । सडक संरचना, सडक सुरक्षा, मानवीय व्यवहार लगायतका कारणले नेपालमा हरेक वर्ष सडक दुर्घटनामा मृत्यु हुनेको संख्या बढदै गएको पुष्टि गर्छ । 

ट्राफिक प्रहरीको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष करिव ३ हजार जनाको सडक दुर्घटनामा परेर मृत्यु हुने गरेको छ । हरेक महिना नेपालमा करिव ३ सय जतिको मृत्यु हुने गरेको छ ।

कोभिड १९ का कारण गरिएको लकडाउनको समयमा पनि नेपालमा १ हजार ७ सयको सडक दुर्घटनामा मृत्यु भएको प्रमुख सल्लाहाकार भट्टराईले बताए । 

भट्टराईका अनुसार हरेक दिन विश्वमा दैनिक ३ हजार ६ सय ९८ मानिसको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । अझ युद्धग्रस्त देश र अन्य केही देशको तथ्याङ सही तरिकाले आउने गरेको छैन । 

विश्वमा दैनिक ५ सय बालबालिकाको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको तथ्यांक रहेको भट्टराईले बताए । दुर्घटना हुनेको मुख्य कारणमा कमजोर सडक पुर्वाधार, ट्राफिक व्यवस्थापन जस्ता कुरा मुख्य रुपमा देखिएको उनले नेपालगन्जमा पत्रकारसँग कुराकानी गर्ने क्रममा बताए । 

सार्वजनिक यातायात सेवा प्रणाली, सुरक्षा मापदण्ड लागु गर्नमा कडाई गरे सडक दुर्घटना कम गर्न सकिने उनको भनाई छ ।
 
‘सडक सुरक्षा मापदण्डको पालनामा हामी धेरै लापरबाही गर्छौ । धेरै जसो मोटरसाइकल दुर्घटनामा मृत्यु हुँदा कमजोर हेलमेट पनि कारणको रुपमा रहेको छ । नेपालमा कस्तो हेलमेट लगाउनु पर्छ भन्ने मापदण्ड नै छैन,’ भट्टराईले भने, ‘लामो दुरीका सवारी चालकले दिनमा २ सय ५० किलोमिटर भन्दा धेरै गाडी चलाउन हुदैन । तर नेपालमा ५ सय किलोमिटर भन्दा धेरै दुरी एउटै चालकले एकै दिन चलाउने गर्छन । यसले पनि दुर्घटनालाई बढाइरहेको छ ।’

नासाले नेपालमा मोटर स्पोर्टसका गतिविधि सञ्चालन गर्नुका साथै सडक सुरक्षामा पनि काम गर्दै आएको छ । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP