वैशाख २९, २०८२ सोमबार | ११:५०:४७
नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि बार्सिलोना च्याम्पियन बराबरीमा रोकिए आर्सनल र लिभरपुल एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि बार्सिलोना च्याम्पियन बराबरीमा रोकिए आर्सनल र लिभरपुल एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै

च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै

सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत श्री टुसाल युवा क्लबविरुद्ध बल अगाडि बढाउँदै च्यासल युवा क्लबका मिडफिल्डर सिआर गुरुङ, तस्वीर सौजन्यः एन्फा ।

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसनबाट जोगिन संघर्ष गरिरहेको श्री टुसाल युवा क्लबले छैटौं स्थानमा रहेको च्यासल युवा क्लबविरुद्ध १–१ को बराबरी खेलेको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न ११औं चरणको पहिलो खेलमा निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै टुसालले हार टारेको हो ।

बराबरीसँगै टुसालले अंकतालिकामा एक स्थान सुधार गरेको छ । ११ अंक जोडेको टुसालले एक खेल कम खेलेको मध्यपुरलाई गोल भिन्नताका आधारमा उछिनेको छ ।

यो नतिजासँगै च्यासलले तेस्रो स्थानमा उक्लिने सुनौलो अवसर गुमायो । च्यासल १५ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लियो ।

खेलको ३०औं मिनेटमा मिडफिल्डर अनिल बोम्जन लामाको गोलमा च्यासलले अग्रता लिएको थियो । अनिलले सिमान्त थापाको लोफ्टेड पासको सदुपयोग गर्दै अफसाइड ट्र्यापलाई बिट गर्दै सुन्दर गोल गरे । अनिलले विपक्षी गोलकिपर भिम पुन अगाडि आएको मौकाको फाइदा उठाएका थिए ।

सहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत श्री टुसाल युवा क्लबका खेलाडी सन्तोष थापालाई ट्याकल गर्दै च्यासल युवा क्लबका खेलाडी कुशल देउवा, तस्वीर सौजन्यः एन्फा ।

रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको टुसालका लागि प्रदीप सुनारले अन्तिम मिनेटमा बराबरी गोल फर्काए । बक्स बाहिरबाट दीपेश लिम्बूको प्रहार च्यासलका गोलकिपर विशाल गुरुङले बचाउन त बचाए तर रिबाउन्ड आएको बललाई प्रदीपले वान टचमा जाली चुमाए ।

लिगको ११औं चरण सुरु भइरहँदा शीर्ष स्थानको प्लानिङ ब्वाइज युनाइटेड ‘ए’ डिभिजनमा उक्लिन मात्र एक जित टाढा छ । प्लानिङले १० खेलबाट २४ अंक जोडेको छ । त्यस्तै समान खेलबाट २२ अंक जोडेको श्री भगवती क्लब दोस्रो स्थानमा छ । ‘ए’ डिभिजनमा उक्लिन भगवतीलाई तीन खेलमा चार अंक आवश्यक छ ।

सरस्वती युवा क्लब ९ र नयाँबस्ती युवा क्लब ८ अंकका साथ तालिकाको पुछारमा छन् ।

लिगमा सोमबार दुई खेल हुनेछन् । दिउँसो १२ः१५ बजे हुने पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले ब्रिगेड ब्वाइजको सामना गर्नेछ । दोस्रो खेलमा नयाँबस्ती र झापा फुटबल क्लब आमने–सामने हुनेछन् । यो खेल दिउँसो ३ः४५ मा हुनेछ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP