माघ १६, २०८२ शुक्रबार | ०२:३०:२२
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

तेन्जिङ र स्वस्तिकाले जिते नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि

प्रतियोगिताका शीर्ष तीन ।

काठमाडौं । तेन्जिङ राई र स्वस्तिका चौधरीले नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए)को आयोजनमा शनिबार सम्पन्न भएको प्रतियोगितामा तेन्जिङ पुरुषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बने ।

पुरुषतर्फ च्याम्पियन तेन्जिङले समग्रमा १ हजार ८०५ अंक जोडे । बोल्डरमा १ हजार अंक बनाएका तेन्जिङले लिडमा ८०५ अंक मात्र जोडे पनि समग्रमा च्याम्पियन बने ।

यस्तै पेम्बा छेवाङ शेर्पा राई १ हजार ६९० अंक स्कोर गर्दै दोस्रो भए । पेम्बाले बोल्डरमा ६९० अंक मात्र जोडेका थिए । तर लिडमा १ हजार अंक बनाएछि  उनले समग्रमा दोस्रो हासिल गरे ।

रोनक उप्रेती बोल्डरमा ८०५ र लिडमा ६९० अंक स्कोर गर्दै समग्रमा १ हजार ४९५ अंकका साथ तेस्रो भए ।

पुरुषतर्फ कूल १३ खेलाडी सहभागी थिए । जसमा क्वालिफिकेसनबाट अन्तिसम चरणमा ८ खेलाडी छनोट भएका थिए ।

यसैगरी स्वस्तिकाले दुवै विधामा उत्कृष्ट प्रदर्शन गरिन् । उनले लिड र बोल्डरमा समान १ हजारसहित समग्रमा २ हजार अंक बनाइन्  ।

यस्तै रुशा प्रधान दोस्रो र मनीषा बुढा मगर तेस्रो भए । रुशाले लिड र बोल्डरिङ दुवैमा समान ८०५ सहित समग्रमा १ हजार ६१० कंक जोडिन्  । यस्तै दुवैतर्फ ६९० अंक जोडेकी मनीषाले समग्रमा १  हजार ३८० अंक बनाइन् ।

महिलातर्फ शीर्ष तीनसँगै तेन्जिङ खान्डो तामाङ, पञ्चमाया तामाङ र सन्तोषी मगरले सहभागिता जनाएका थिए ।

दुवैतर्फका विजेताले ५० हजार रुपैयाँसहित मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै उपविजेतालाई ३० हजार र तेस्रो स्थान हासिल गर्नेलाई २० हजार रुपैयाँ प्रदान गरियो  ।

 क्लाइम्बिङ स्पोर्टको नेसनल च्याम्पियनसिप ६ वर्षपछि आयोजना भएको हो । यसअघि पछिल्लो पटक सन् २०१९ मा च्याम्पियनसिप भएको थियो । त्यसपछि कोरोना महामारी र अन्य कारणले गर्दा प्रतियोगिता हुन सकेको थिएन ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।