माघ १५, २०८२ बिहीबार | १०:५९:१८
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

भलिबल खेलाडीलाई स्वागत गर्न विमानस्थल पुगे मन्त्री अथक

काठमाडौं । एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कप विजेता नेपाली महिला भलिबल टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री त्रिभुवन विमान स्थल पुगेका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक पदक विजेता खेलाडीलाई स्वागत गर्न विमानस्थल पुगेका हुन् ।

बंगलादेशमा सम्पन्न प्रतियोगितामा उपाधि जित्न सफल महिला टोलीलाई मन्त्रीपरिषदले जनही ५ लाख, प्रशिक्षकलाई ३ र अफिसियललाई २ लाख दिने निर्णय गरेको छ । नेपालले मंगलबार भएको फाइनलमा उज्वेकिस्तानलाई ३-२ सेटमा हराउँदै च्याम्पियन बनेको थियो । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा नेपाली टोलीलाई स्वागत गर्न अहिले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, उपाध्यक्ष निरोज मास्केसहित टोली पुगेको छ ।

 नेपाली महिला भलिबल टोलीले दोस्रो पटक सेन्ट्रल जोन भलिबलको उपाधि जितेको हो । जुन नेपाली महिलाल भलिबल टोलीले जितेको अहिले सम्मको सर्वाधिक ठूलो उपाधिमा पर्छ ।

उपाध्यक्ष मास्केको नेतृत्वमा नेपाली टोलीलाई विमान स्थलमा भव्य स्वागतको तयारी भैरहेको छ । विमानस्थलबाट खेलाडी तथा अफिसियललाई फुल मालाले सजिएको गाडीमा नगरपरिक्रमा गराउँदै राष्ट्रिय खेलकुद परिषद(राखेप) परिषसरमा दिउँसो १ बजे भव्य स्वागत तथा सम्मान गर्ने क्रममा रहेको छ ।

 विमानस्थलमा अहिले स्वागतका लागि नेपाली परम्परागत नेवारी बाजा सहित भलिबल संघ पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा खेलकर्मीहरुको बाक्लो उपस्थित रहेको भलिबल संघ उपाध्यक्ष निरोज मास्केले बताएकी छन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।