जेष्ठ २०, २०८२ सोमबार | ०१:३६:४७
स्वायटेकको पुनरागमन जित गोल्डेनगेट लगातार सातौं खेलमा विजयी एसियन मिक्स बक्सिङ च्याम्पियनसिपः भारतलाई उपाधि, नेपाल दोस्रो अमेरिकन राजदूतावास च्याम्पियन हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक हरियाणाले गर्यो घनश्याम रोक्का मगरलाई रिटेन क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित स्वायटेकको पुनरागमन जित गोल्डेनगेट लगातार सातौं खेलमा विजयी एसियन मिक्स बक्सिङ च्याम्पियनसिपः भारतलाई उपाधि, नेपाल दोस्रो अमेरिकन राजदूतावास च्याम्पियन हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ सार्वजनिक हरियाणाले गर्यो घनश्याम रोक्का मगरलाई रिटेन क्रिकेटमा नयाँ नियम लागू गर्दै आइसिसी एरिका गुरुङले कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै पञ्जाव र मुम्बई जोकोभिचको सहज जित

एपिएफ पराजित

एपिएफ र मणिमुकुन्द प्रतिस्पर्धा गर्दै, तस्विरः सुदर्शन रञ्जित/पोखरा ।

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले  क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगको पुरुषतर्फ पहिलो हार बेहारेको छ ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा शुक्रबार सम्पन्न पुरुषतर्फको‌ चौथो तथा दिनको अन्तिम खेलमा एपिएफ मणिमुकुन्द भलिबल क्लबसँग ३-१ को सेटमा स्तब्ध बन्यो ।

पहिलो सेट २६-२८ ले गुमाएको एपिएफले दोस्रो सेटमा २५-१६ को सहज जित निकाल्दै खेलमा फर्किने संकेत दिएको थियो । तर टोलीले त्यसपछिका दुई सेट २१-२५, २०-२५ ले गुमायो  ।

पहिलो खेलमा एपिएफले सुदूरपश्चिम खेलकुद परिषद्लाई हराउँदा मणिमुकुन्द नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

शुक्रबारै सम्पन्न पुरुषतर्फका अन्य खेलमा हेल्प नेपाल स्पोर्टस क्लबले सुदूरपश्चिम, पुलिसले कोशी प्रदेश खेलकुद विकाश परिषद् तथा  गण्डकी प्रदेश भलिबल संघले त्रिभुवन आर्मी क्लबलाई समान ३-० को सेटमा पराजित गरे ।

यसैगरी महिलातर्फ न्यु डायमन्ड स्पोर्टस क्लबले कर्णाली प्रदेश खेलकुद विकाश परिषद् तथा साबिक विजेता नेपाल पुलिस क्लबले एभरेस्ट भलिबल क्लबविरुद्ध समान ३-० सेटकै जित निकालेका थिए ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC