माघ १५, २०८२ बिहीबार | १६:५४:०८
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

एभिसी सेन्ट्रल जोनको उपाधी खेलप्रेमीमा समर्पित- कप्तान अरुणा

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले दोस्रो पटक राष्ट्रलाई उपाधी दिलाउन सफल भएकोमा अत्यन्तै खुशी भएको प्रतिक्रिया दिएकी छिन् ।

'राष्ट्रलाई दोस्रो पटक स्वर्ण पदक दिलाउन सफल भएकोमा अत्यन्तै खुशी छु,' उनले भनिन्, 'यो उपाधि भलिबललाई माया गर्नुहुने सम्पुर्ण खेलप्रेमी तथा हामीलाई यहाँ सम्म पुर्याउनआ-आफ्नो स्थानबाट सहयोग गर्नुहुने सम्पूर्णमा समर्पित गर्न चाहन्छु ।'

बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कभर्डहलमा नेपाली टोलीले मंगलबार एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको फाइनलमा उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै उपाधी उचालेको थियो ।

प्रतियोगितामा अपराजित नेपालले आफ्नो पहिलो खेलमा श्रीलंका र फाइनलमा उज्वेकिस्तानसँग समान दुई सेट बाँढे यता सबै खेलमा सोझो सेटमा नतिजा आफ्नो बनाएको थियो । 

यसअघि पहिलोपटक टोलीको नेतृत्व पाएकी अरुणाको कप्तानीमा नेपालले बंगलादेशमा भएको यहीं प्रतियोगिताको पहिलो संस्करणमा ऐतिहासिक उपाधी हात पारेको थियो ।

यस्तै उनले भलिबल टोलीलाई सदा साथ दिने नेपाल भलिबल संघ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयलाई हृदयदेखि नै धन्यबाद दिन चाहेको बताइन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।