काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले शुक्रबार एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
बंगलादेशको जारी प्रतियोगिताको दोस्रो खेलमा नेपालले उज्वेकिस्तानविरुद्ध टोलीले ३-१ को सेटमा जित हात पारेको हो ।
सुरुआती पहिलो सेट १८-२५ ले गुमाए पनि नेपाली टोलीले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५-२१ ले सेट आफ्नो पक्षमा पार्यो ।
उज्वेकिस्तानमाथी हाबी बनेको टोलीले त्यसपछि लगातार तेस्रो सेट २५-२१ र चौथो सेट २५-२३ ले जित्दै नतिजा आफ्नो पक्षमा पार्यो ।
प्रतियोगितामा बिहीबार आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशसँग निकै फितलो प्रदर्शन गरेको नेपाल सोझो सेटमा पराजित भएको थियो ।
नेपालले शनिबार आफ्नो तेस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
