घोराही । चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय भलिबल प्रतियोगितामा दाङ सोसाइटी क्लब र ओली वंशावली समन्वय समितिले विजयी सुरुआतत गरेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा मंगलबार दाङले रोयल बंगलाचुली युवा क्लबलाई २-१ को सेटमा पराजित गर्यो । पहिलो सेट २२-२५ ले गुमाए पनि दाङले त्यसपछिका दुई सेट २५-१९, १५-१२ ले आफ्नो पक्षमा पार्यो ।
दिनको दोश्रो खेलमा ओली वंशावलीले दंगीशरण गाउँपालिकालाई २-० को सोझो सेटमा पराजित गर्यो । ओली वंशावलीले खेल २५- १४, २५-१५ ले आफ्नो पक्षमा पार्यो ।
फागुन २४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २ लाख ५१ हजार तथा उपविजेताले १ लाख २५ हजार र तेस्रो हुने टिमले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
