चैत्र १३, २०८२ शुक्रबार | २०:४२:४३
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

पुनरागमनले खेलाडी उत्साही

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण लामो समय प्रभावित बनेको नेपाली भलिबल टोली करिब दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने तयारीमा छ ।  

बंगलादेशको ढाकामा आगामी मंगलबार देखि सुरु हुने एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितासँगै नेपाली राष्ट्रिय टोलीले लामो समयपछि अन्तर्राष्ट्रिय टोलीमा पुनरागमन गर्दैछ । यसै प्रतियोगितासँगै महिला तथा पुरुष दुवैतर्फ केही खेलाडी पनि अन्तर्राष्ट्रिय स्तरमा पुनरागमन गर्नेछन् ।

अर्को सातादेखि सुरु हुने प्रतियोगिताका लागि नेपाल भलिबल संघले महिला–पुरुष दुवैतर्फ समान १२ सदस्यीय टोली घोषणा गरिसकेको छ । अन्तर्राष्ट्रिय स्तरमा यसअघि नै नेपालको प्रतिनिधित्व गरिसके पनि पछिल्लो समय टोलीमा नअटाएका समान दुर्ई खेलाडीले यसपाली फेरि अवसर पाएका छन् ।

महिलातर्फ सेटर कृपा अधिकारी र क्विक स्पाइकर मनीषा चौधरी तथा पुरुषतर्फ ओपन स्पाइकर मानबहादुर श्रेष्ठ र मिडिल ब्लकर भैरव बमले लामो समयपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

पछिल्लो राष्ट्रिय टोलीमा नयाँ खेलाडीको आगमन भइरहँदा पुराना खेलाडीले टोलीमा फर्कने आश मारिसकेका थिए । यद्यपि, उनीहरुले जारी राखेको लगनशीलता र मिहिनेतले प्रतिफल केहीले दुई वर्ष त केहीले तीन वर्षपछि भए पनि पाएका छन् ।


कृपा अधिकारी (तीन वर्षपछि पुनरागमन)

तीन वर्षपछि राष्ट्रिय महिला टोलीमा फर्किएकी त्रिभुवन आर्मी क्लबकी कप्तान कृपाले राष्ट्रिय टोली फेरि पुनरागमन गर्छु भन्ने सोचेकी थिइनन् ।

‘टोलीमा फेरि पुनरागमन गर्न पाउँदा खुशी छु । भलिबल खेल्छु भनेर सोचेको थिइनँ । खाली समयमा मिहिनेत गरेर खेलेकी थिएँ, छनोट भएँ,’ उनले हाँस्दै भनिन् ।

विभागीय टोली आर्मीकी कप्तानसमेत रहेकी कृपा कुनै समय उत्कृष्ट सेटरमा थिइन । २०७१ देखि राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेकी कृपाले न्यु डाइमन्ड एकेडेमीबाट खेल्थिन् । तर एकेडेमीमा भविष्य नदेखेपछि उनले आर्मीको ‘सेकेन्ड ल्याफ्टििनेन्ट’ मा नाम निकाल्दै विभागसँग जोडिइन् ।

सेकेन्ड ल्याफ्टिनेन्टको प्रशिक्षणका कारण कृपाले भलिबलमा अल्प विराम लगाउनु पर्यो ।

‘खेललाई नै पहिलो प्राथमिकतामा राख्न सकिने अवस्था छैन, करियर पनि हेर्नुपर्छ,’ नेपाली खेल जगतको तीतो यथार्थ पोख्दै कृपा भन्छिन्, ‘आफ्नो ड्युटी प¥यो भने  त जानै पर्यो, जान्छु । तर भलिबललाई चटक्कै छाड्न सक्दिन । सम्भव भएसम्म पनि भलिबलाई निरन्तरता दिन्छु ।’

मनिषा चौधरी (दुई वर्षपछि पुनरागमन)

नेपाल पुलिस क्लबकी क्विक स्पाइकर मनिषा चौधरीले दुई वर्षपछि टोलीमा पुनरागमन गरेकी छिन् ।

विभागीय टोली नेपाल पुलिस क्लबबाट भलिबलको व्यवसायिक यात्रामा रहेकी मनीसा सन् २०१६ मा पहिलोपटक राष्ट्रिय टोलीमा परिन् ।

तर नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा भने टोलीमा परिनन् ।

राष्ट्रिय भलिबल टोलीमा स्थान नपाए पनि मनीषाले बिच भलिबलबाट नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

मनिषाले राष्ट्रिय टोलीमा पुनरागमन हुन पाउँदा अवसरसँगै चुनौती भएको बताइन् । 
‘फेरि नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउँदा खुशी छु, यस अवसरमा आफुलाई प्रमाणित गर्नेछु,’ उनी भन्छिन् ।

मानबहादुर श्रेष्ठ (दुई वर्षपछि पुनरागमन)

विभागीय त्रिभुवन आर्मीका ओपन स्पाइकर मानबहादुरले १३औं दक्षिण एसियाली खेलकुद (साग) को मान्यता दिइएको छनोट खेल आठौं राष्ट्रिय खेलकुद नखेलेका कारण उनलाई टोलीमा समावेश गरिएन ।

दुई वर्षपछि टोलीमा फर्किएका मानबहादुरले आफ्नै गल्तीका कारण टोलीमा स्थान गुमाएको बताउँदै आएका थिए ।

मानबहादुर भन्छन्, ‘आफ्नै गल्तीका कारण टोलीमा पर्न सकिन । आमा बिनाको टुहुरो जस्तो महसुस गरेको थिए, अब चाँहि पूरा भएको छु । एकदमै खुशी छु । आफ्नो पुरानो स्थानमा पुग्न कोसिस गर्दैछु । राष्ट्रलाई पदक दिलाउन सक्दो प्रयास गर्छु । सबैजनाले ममाथि विश्वास गरेका छन्, त्यहीं विश्वासलाई सावित गर्न चाहन्छु ।’

भैरव बम (तीन वर्षपछि पुनरागमन)

त्रिभुवन आर्मीका मिडिल ब्लकर भैरव तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन भएका हुन् । कुर्कुच्चाको चोट लागेपछि भैरव केही समय आराममा रहेका थिए ।  

‘कुर्कुच्चाको चोट लागेर केही समय आराममा रहे । लकडाउनले गर्दा टोलीमा पुनरागमन गर्न सक्दिन जस्तो लागेको थियो । तर आत्मविश्वास गर्न छोडिनँ । फिजिकल फिटनेसमा ध्यान दिँदै प्रदर्शनमा सुधार गर्दै आए । खुशी लागेको छ । एसियन सेन्ट्रल जोनमा हामीले ‘मेडल टच’ गर्ने लक्ष्य लिएका छौ । त्यहीं अनुसार आफुलाई तयार गरेको छु । भलिबल सर्मथकलाई निराश हुन दिदैनौं,’ भैरवले भने ।

एसियन सेन्ट्रल जोनको लागि दुवै टोली सोमबार बंगलादेशतर्फ प्रस्थान गर्दैछ । 

प्रतियोगितामा महिलातर्फ आयोजक बंगलादेशसँगै साविक विजेता नेपाल, माल्दिभ्स, श्रीलंका, उज्वेकिस्तान र किर्गिस्तान गरी ६ टोली र पुरुषतर्फ आयोजक बंगलादेश सहित नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तान गरी पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो