काठमाडौं । भारतको क्यालिकट हिरोजले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब च्याम्पियनसिपमा पहिलो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार क्यालिकटले माल्दिभ्सको क्लब एचडिसीलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
क्यालिकटले खेल २५-१३, २५-२३, २५-२१ ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै क्यालिकटले दुई खेलमा चार अंक जोडेको छ । क्यालिकट पहिलो खेलमा नेपालको हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-२ को सेटमा पराजित भएको थियो ।
यता लगातार दोस्रो हार ब्यहोरेको एचडिसीले तीन खेलबाट तीन अंक जोडेको छ । पहिलो खेलमा नेपालको गण्डकी प्रदेशलाई ३-२ को सेटमा पराजित गरेको एचडिसीले दोस्रो खेलमा इरानको यु-१८ टोलीसँग ३-२ सेटकै हार ब्यहोरेको थियो ।
भिडियो
नेपालमा खेलाडीले खेलेरै बाँच्न सक्ने अवस्थाकाे सिर्जना भइरहेकाे छ : ARJUN NEPALI
Nepal VolleyBall League ले छुट्टै उचाइ लिने विश्वास छः JAGADISH BHATTA II COACH
च्याम्पियन बनेपछि कप्तान SUBASH BAM भन्छन् : माइन्डसेटले पुलिसलाई च्याम्पियन बनायो
ललित स्मृति यु-१८ लिगको च्याम्पियन बनाएपछि Bhola Silwal : यो टोलीलाई जोगाइ राख्न चुनौतीपूर्ण छ
खेलाडी फिटमा नरहँदा गार्हो भयो : Yam Prasad Gurung || Head Coach, Nepal National U-19 Women's Team
चाँडै सिनियरतर्फ साफ च्याम्पियनसिप जित्ने लक्ष्य छ : Tika Maya Ghale || Head Coach, Bhutan U-19
जनकपुरको समर्थकलाई खुसी दियौंः Aasif Sheikh