काठमाडौं । सिन्धुपाल्चोक जिल्ला भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको संयुक्त आयोजनामा सातौं महिला तथा आठौं राष्ट्रिय बिच भलिबल प्रतियोगिता माघ १ देखि ५ गतेसम्म हुने भएको छ ।
नेपाल भलिबल संघको संयोजकत्वमा हुने प्रतियोगितामा महिला र पुरुषतर्फ समान १० टोलीको सहभागिता रहनेछ ।
सिन्धुपाल्चोकको सुकुटेमा हुने प्रतियोगितामा दुवैतर्फ तीन विभागीय र सात प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता शीर्ष चार टोलीलाई क्रमशः ५०, २५, १५ र १० हजार रुपैयाँ प्रदान गरिनेछ । यसैगरी फाइनल पुग्ने टोलीले टोलीले सन् २०२५ मा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितमा जनाउन पाउने छन् ।
प्रतियोगिता आयोजनाका लागि नेपाल भलिबल संघ, सिन्धुपाल्चोक भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघबीच त्रिपक्षीय सम्झौता भयो ।
सम्झौता पत्रमा नेपाल भलिबल संघका महसचिव रोशनकुमार श्रेष्ठ, सिन्धुपाल्चोक भलिबल संघका अध्यक्ष रमेशकुमार श्रेष्ठ र सिन्धु सुकुटे व्यवसायी संघका महेन्द्रसिंह थापाले हस्ताक्षर गरे ।