काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबारको पहिलो खेलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर फिल्डिङको निर्णय लिए ।
आफ्नो दोस्रो खेल खेल्दै गरेका दुवै पहिलो जितको लक्ष्यका साथ मैदान उत्रिनेछन् । पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग आठ र काठमाडौं चितवन राइनोजसँग पाँच विकेटले पराजित भएका थिए ।
काठमाडौंको टोली
करण केसी (कप्तान), भीम सार्की, साहव आलम, शंकर राना, रसिद खान, सुमित महर्जन, दीपेश कँडेल, माइकल लेभिट, स्टेफन स्किनाजी (विकेटकिपर), जेरार्ड इरास्मस, नाथन सोउटर
कर्णालीको टोली
सोमपाल कामी(कप्तान), शिखर धवन, गुल्शनकुमार झा, अर्जुन घर्ती, विपिनप्रसाल शर्मा, भुवन कार्की, नन्दन यादव, चाडविक वाल्टन (विकेटकिपर), देव खनाल, बाबर हायत, जिसन मक्सुद