मंसिर २०, २०८१ बिहीबार | ००:०३:११
म्याड्रिस्टा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा खेल जिताउँछु भनेर विश्वस्त थिएँः लोकेश बम विराटनगरको पहिलो जित, लुम्बिनी पराजित लुम्बिनीविरुद्ध लोकेशको अर्धशतक जितको लयलाई कायम राख्ने छौंः करण केसी लुम्बिनीविरुद्ध विराटनगरको राम्रो सुरुआत लुम्बिनीले दियो विराटनगरलाई १९२ रनको लक्ष्य पावरप्लेमा लुम्बिनीले बनायो ५६ रन विराटनगरले लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्ने काठमाडौंको पहिलो जित, कर्णालीले लगातार दोस्रो खेलमा हार ब्यहोर्यो म्याड्रिस्टा फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा खेल जिताउँछु भनेर विश्वस्त थिएँः लोकेश बम विराटनगरको पहिलो जित, लुम्बिनी पराजित लुम्बिनीविरुद्ध लोकेशको अर्धशतक जितको लयलाई कायम राख्ने छौंः करण केसी लुम्बिनीविरुद्ध विराटनगरको राम्रो सुरुआत लुम्बिनीले दियो विराटनगरलाई १९२ रनको लक्ष्य पावरप्लेमा लुम्बिनीले बनायो ५६ रन विराटनगरले लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्ने काठमाडौंको पहिलो जित, कर्णालीले लगातार दोस्रो खेलमा हार ब्यहोर्यो

काठमाडौंको पहिलो जित, कर्णालीले लगातार दोस्रो खेलमा हार ब्यहोर्यो

काठमाडौं । काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल)मा पहिलो जित हासिल गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न रोमाञ्चक खेलमा काठमाडौंले कर्णाली याक्सलाई तीन विकेटले पराजित गरेको हो ।

कर्णालीले प्रस्तुत गरेको १५० रनको मध्यम लक्ष्य काठमाडौंले १९.३ ओभरमा सात विकेट गुमाउँदैपूरा गर्यो ।

कर्णालीले प्रस्तुत गरेको १५० रनको मध्यम लक्ष्य काठमाडौंले १९.३ ओभरमा सात विकेट खर्चिँदै पूरा गर्यो । काठमाडौंका लागि सातौं नम्बरका ब्याटर सुमित महर्जनले ३७ बलमा तीन चौका र एक छक्कासहित अविजित ४० रनको योगदान गरे । त्यस्तै मध्यक्रमका ब्याटर जेरार्ड इरास्मसले २८ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए ।

यसैगरी कप्तान करण केसी १० बलमा समान दुई चौका र छक्कासहित २८ रन बनाए । ओपनर माइकल लेभिटले १९ बलमा दुई चौका र एक छक्कासहित २२ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कर्णालीका लागि कप्तान सोमपाल कामी सबैभन्दा महँगा बलर सावित भए । उनले चार ओभरमा ३४ रन खर्चिँदा मात्र एक विकेट हासिल गरे । त्यस्तै नन्दन यादव, गुल्सन झा, जीसन मक्सुद, विपिन शर्माको नाममा पनि समान एक विकेट रह्यो ।

दोस्रो ओभरको चौथो बलमा शंकर राणा रनआउटको शिकार बन्दा काठमाडौंले पहिलो विकेट गुमाएको थियो । चौथो ओभरको दोस्रो बलमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका स्टेफन स्किनाजी नन्दन यादवको बलमा एलबिडब्ल्युको शिकार बने ।

सातौं ओभरको पाँचौं बलमा काठमाडौंले ओपनर माइकल लेभिटलाई गुमायो । लेभिट स्पिनर विपीनको बलमा नन्दनबाट क्याच भए । लगत्तैको ओभरमा चौथो नम्बरका ब्याटर भिम सार्की पनि पेभिलियन फर्किए । भिम जीसनको बलमा धवनबाट क्याच भए । ४१ रनमा चार विकेट गुमाएको काठमाडौंको पारी त्यसपछि मध्यक्रमका ब्याटरद्धय जोरार्ड इरास्मस र सुमितले सम्हाले । दुबै मिलेर ५७ रनको साझेदारी गरे ।

१५औं ओभरको पाँचौं बलमा इरास्मस २८ बलमा तीन चौका र दुई छक्कासहित ३८ रनको पारी खेल्दै पेभिलियन फर्किए । इरास्मस तीव्र गतिका बलर गुल्सनको बलमा कप्तान सोमपालबाट मिड अफमा क्याच भए । त्यसपछि कप्तान करण र सुमितले ४५ रनको साझेदारी गर्दै काठमाडौंलाई जिततिर दोहोर्याएका थिए ।

एक रन बाँकी रहेको स्थितिमा सुमितले चौका प्रहार गर्दै काठमाडौंलाई पहिलो जित दिलाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरको समाप्तिमा ओपनर शिखर धवनको अर्धशतकीय पारीप्रेरित पाँच विकेट गुमाउँदै १४९ रनको योगफल तयार पारेको थियो ।

धवनले ५१ बलमा चार चौका र पाँच छक्कासहित ७२ रनको पारी खेले । यसबाहेक चाडविक वाल्टनले १५ बलमा पाँच चौकासहित २१ रन बनाउँदा जीसन मक्सुदले ११ बलमा एक चौकासहित १४ रनको योगदान गरे । त्यस्तै बाबर हायातले १८ बलमा एक छक्कासहित १३ रन बनाउँदा गुल्सन झाले १९ बलमा एक चौकासहित १२ रन जोडे । देव खनाल र अर्जुन घर्तीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंका लागि जेरार्ड इरास्मसले चार ओभरमा २९ रन खर्चिँदै सर्वाधिक दुई विकेट लिए । त्यस्तै करण केसी, नाथन साउटर र दीपेश कँडेलको नाममा एक विकेट रह्यो ।
कर्णालीले ब्याटिङ पावरप्ले (सुरुआती ६ ओभर)मा दुई विकेट गुमाउँदै ३९ रन बनाएको थियो ।

काठमाडौंले पहिलो ओभरमै ओपनर देवको विकेट लिँदै सान्दार सुरुआत गरेको थियो । पहिलो ओभरको तेस्रो बलमा ओपनर देव तीव्र गतिका बलर करणको बलमा एलबिडब्ल्युको शिकार बनेका थिए ।

त्यसपछि क्रिजमा आएका चाडविक वाल्टनले केही आक्रमक सट खेले । तर, चौथो ओभरको पाँचौं बलमा वाल्टन पनि पेभिलियन फर्किए । इरास्मसको बलमा उनी करणबाट मिड अफमा क्याच भएका थिए ।

नवौं ओभरको पहिलो बलमा स्पिनर दीपेश कँडेलले बाबर हायातलाई बोल्ड गर्दै काठमाडौंलाई तेस्रो सफलता दिलाए । हायातपछि आएका अलराउन्डर गुल्सनले धवनसँग ३० रनको साझेदारी गरे ।

१४औं ओभरको पाँचौं बलमा कर्णालीले चौथो विकेटको रुपमा गुल्सनलाई गुमायो । इरास्मसको बलमा गुल्सन विकेटकिपर स्टेफन इस्निाजीबाट स्टम्प आउट भए । लगत्तैको ओभरमा विकेटकिपर ब्याटर अर्जुन चार रन बनाउँदै पेभिलियन फर्किए । अर्जुन स्पिनर नाथन साउटरको बलमा बोल्ड भए ।

पाँचौं विकेट गुमेपछि धवन र जीसनको ६५ रनको साझेदारीमा कर्णालीले १४९ रनको योगफल तयार पार्यो । सुरुआती १० ओभर रक्षात्मक रणनीति अपनाएका धवन त्यसपछि आक्रमक देखिएका थिए ।


भिडियो
बिहानै देखि म म्याच जिताउँछु भनेर टोलीका सबैलाई भनिरहेको थिएँ : LOKESH BAM II BIRATNAGAR KINGS NPL
Ben Cutting अस्वस्थ थिए, त्यसैले अन्तिम ओभर Bibek Yadav लाई दिएको हुँ : Rohit Paudel LUMBINI LIONS
Kathmandu Gurkhas विरुद्ध पराजित भएपछि @KarnaliYaks का कप्तान Sompal Kami II NPL
@KarnaliYaks लाई हराउँदै पहिलो जित निकालेपछि Kathmandu Gurkhas का कप्तान Karan KC II NPL
CHITWAN RAINOS VS POKHARA AVENGERS II POST MATCH CONFRENCE RIJAN DHAKAL II NEPAL PREMIER LEAGUE
COACH RAJIV KUMAR I CHITWAN RAINOS VS POKHARA AVENGERS POST MATCH CONFRENCE II NEPAL PREMIER LEAGUE
Biratnagar kings सँगको जित पछि खुशी मनाउदै Sudurpaschim Royals का फ्यानहरु Nepal Premier League