काठमाडौं । फेवा एजुकेशन एण्ड माइग्रेसनले नेपाली राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारीलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।
अस्ट्रेलियाको सिड्नी र काठमाडौंमा कार्यलय रहेको फेवाले सोमबार नक्सालस्थित होटल क्राउन प्लाजामा भलिबलकी स्टार उषालाई आफ्नो ब्रान्ड एम्बासडरको रुपमा स्वागत गर्याे ।
सम्झौता पत्रमा उषा र फेवा एजुकेशन सिड्नीका निर्देशक दीनेश खनालले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार उषाले फेवा एजुकेशनसँगै शैक्षिक उत्कृष्टता, खेलकुद विकास र युवा विद्यार्थीहरूमा नेतृत्वको प्रवर्धनमा पनि सहकार्य गर्नेछिन् ।
यसैगरी फेवाले पनि उषाको खेललाई खेल सामाग्री उपलब्ध गराउनेछ ।
उषा र फेवाबीचको सम्झौता दुई वर्षको हुनेछ । शिक्षा र खेलकुद क्षेत्रमा आउने पीडिलाई प्रेरित गर्ने उद्धेश्य बोकेको फेवाले यसअघि राष्ट्रिय पुरुष भलिबलका कप्तान मानबहादुर श्रेष्ठलाई पनि ब्रान्ड एम्बासडर बनाएको थियो ।