काठमाडौं । ललितपुर क्विन्सविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाल्दै कर्णाली यश्विज एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) को च्याम्पियन बनेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती दुई सेट २५-१७, २५-२० ले आफ्नो पक्षमा पारेको कर्णालीले त्यसपछिका दुई सेट भने १२-२५, १८-२५ ले गुमायो ।
निकै रोमाञ्चक पाँचौं तथा निर्णायक सेटमा १५-१३ ले विजयी हुँदै कर्णाली च्याम्पियन बन्यो ।
उपाधिसँगै कर्णालीले ७ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता ललितपुरले ३ लाख रुपैयाँ पायो ।
लिग चरणबाट कर्णाली शीर्ष र ललितपुर दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेका थिए ।
लिग चरणमा कर्णालीले मधेश र काठमाडौंलाई समान ३-१, गण्डकी थन्डर्स, चितवन शक्तिलाई समान ३(२ र ललितपुर क्सिन्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
लिग चरणमा काठमाडौं, मधेश र चितवनलाई समान ३-१ को सेटमा हराएको ललितपुरले कर्णालीसँग ३-० तथा गण्डकीसँग ३-२ को सेटमा हार ब्यहोरेको थियो ।