मंसिर ६, २०८१ बिहीबार | १५:५०:३०
खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग खोलियो एन्फामा लागेको ताला क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेरी घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग

खेलाडी श्रीलंका पुगे, एयरलाइन्सको लापरवाहीका कारण लगेज काठमाडौंमै

काठमाडौं । श्रीलंकन एयरलाइन्सको चरम लापरवाहीका कारण सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु-२० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली खेलाडी सहित सयौं यात्रु बिचल्लीमा परेका छन् ।  

टिम श्रीलंका पुगे पनि खेलाडी र अफिसियलका लगेज काठमाडौंमै अलपत्र परेको छ । प्रतियोगिता आइतबारबाट सुरु हुँदैछ । तर, श्रीलंकन एयरलाइन्सको लापरवाहीका कारण खेलाडीसहित सयौं यात्रुले लगेज पाएका छैनन् ।

‘हामी श्रीलंका आइपुगेका छौं । तर, हाम्रो लगेजसँगै जर्सी र सबै खेल इक्युपमेन्ट अलपत्र परेको छ । कहिले आउँछ टुंगो छैन,’ नेपाली टिमका एक सदस्यले खेलाडी डटकमलाई बताए, ‘प्रतियोगिताअघि अभ्यास पनि नहुने भएको छ । खेलाडी मानसिक रूपमा  तनावमा छन्,’ नाम नखुलाउने सर्तमा ती पदाधिकारीले भने ।

निर्धारित समयअनुसार बुधबार दिउँसो १ः२० बजे उड्नुपर्ने श्रीलंकन एयरलाइन्सको युएल १८२ फ्लाइट प्राविधिक कारण देखाइ झन्डै ६ घन्टा ढिलो गरी साँझ ६ बजे मात्र कोलम्बो प्रस्थान गरेको थियो ।

अन्तराष्ट्रीय नियमानुसार कुनै पनि फ्लाइट ३ घन्टाभन्दा बढी ढिलो भएको अवस्थामा खानाको व्यवस्था गर्नुपर्ने हुन्छ । तर, एयरलाइन्स लापरवाहीका कारण यात्रुहरुले आफैले खर्च गरेर खानुपरेको थियो । जसले गर्दा विमानमा सवार खेलाडीहरुसहित थुप्रै यात्रुहलाई समस्या परेको थियो ।

कोलम्बो ट्रान्जिट भएर अन्य देश जाने यात्रुको त झन विजोग नै भएको छ । किनभने उक्त विमानका यात्रुको लगेज आगामी अक्टोबर ६ मा हुने काठमाण्डौ कोलम्बोको अर्को फ्लाइटमा मात्र आउने श्रीलंकन एयरलाइन्सको व्य वस्थापनले जानकारी गराएको छ ।

काठमाडौ र कोलम्बो फ्लाइट हप्तामा दुई पटक मात्र हुने गरेको छ । यसले कोलम्बो ट्रान्जिट भएर अन्य देश जानेलाई आफ्नो लगेज कुर्ने की अर्को फ्लाइट समात्ने भन्ने चिन्ता बढाएको छ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin