काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)को फ्रेन्चाइज टोली ललितपुर क्विन्सले असोज ५ गते ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको छ ।
कार्यक्रम जावलाखेल भलिबल तालिम केन्द्रमा अपरान्ह १२ बजेदेखि सुरु हुनेछ ।
टोलीका मुख्य प्रशिक्षक उत्सव खड्कालगायत व्यवस्थापकीय टोलीले उक्त कार्यक्रमबाट एक खेलाडी छनोट गर्नेछ ।
कुनै पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता नखेलेका खेलाडीले मात्रै ट्यालेन्ट हन्टमा सहभागिता जनाउन पाउनेछन्
।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले नेपाली भलिबल इतिहामै पहिलो पटक हुन लागेको प्रतियोगिताका फ्रेन्चाइजले एक खेलाडी ‘ट्यालेन्ट हन्ट’ बाट छनोट गर्नुपर्ने नियम बनाएको छ ।
प्रतियोगिता असोज १४ देखि १९ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।
प्रतियोगितामा मधेश युनाइटेड, काठमाडौं स्पाइकर्स, चितवन शक्ति, ललितपुर क्विन्स, गण्डकी थन्डर्स र टिम कर्णाली यसभिसले सहभागिता जनाउने छन् ।
यसैगरी ललितपुरले विदेशी कोटबाट तीन खेलाडीलाई पनि अनुबन्ध गर्न बाँकी छ ।
ललितपुरको टोली
सलिना श्रेष्ठ (मार्की), पुनम चन्द, कामना विष्ट, साफिया पुन, निशा चौधरी, नेहा चौधरी, भावना तामाङ, अनुषा चौधरी