काठमाडौं । शान्त नेपाल समाज र चित्लाङ फुटबल क्लबले काठमाडौं जिल्लास्तरीय नकआउट/ लिग फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।
सानोगौचरण मैदानमा बिहीबारको पहिलो खेलमा शान्त नेपालले टिआइई फुटबल एकेडेमीविरुद्ध ५-१ को सहज जित निकाल्दै क्वार्टरफाइनलमा स्थान पक्का गर्यो ।
शान्त नेपालका लागि चिना लामा र भुपेन्द्र खड्काले समान दुई तथा अनिश तामाङले एक गोल गरे । टिआइईका लागि निशान उपध्यायले गरेको गोल सान्त्वना बन्यो ।
शान्त नेपालले क्वार्टरफाइनलमा शनिबार भुईँखेल एफसीको सामना गर्नेछ ।
काठमाडौं जिल्ला फुटबल संघको आयोजमा जारी प्रतियोगितअन्तर्गत बिहीबारै सम्पन्न दोस्रो खेलमा चित्लाङले महाकाल युवा क्लबलाई ३-१ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गर्यो ।
चित्लाङका लागि विकास शाही, विकाश लामा र समिर तन्दुकरले गोल गरे । महाकालका लागि थिरराज राईले गोल फर्काए ।
शुक्रबार हुने क्वार्टरफाइनलमा बुढानिलकण्ठले समाज सेवा युवा क्लब र कुर्दन फुटबल एकेडेमीले सन्तोष फुटबल क्लबको सामना गर्नेछन् ।