काठमाडौं । माल्दिभ्समा हुने काभा यु-२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र उपाध्यक्ष भरतबहादुर शाहलगायतले साेमबार टोलीलाई बिदाइ गरे। टोली मंगलबार माल्दिभ्स प्रस्थान गर्नेछ ।
प्रतियोगिता जुलाई १८ देखि २३ सम्म हुने प्रतियोगितामा नेपाल, माल्दिभ्स, श्रीलंका र किर्गिस्तानको सहभागिता रहने छ ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले सर्वाजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल जुलाई १८ मा श्रीलंकाविरुद्ध खेल्नेछ ।
यसैगरी नेपालले जुलाई १९ मा किर्गिस्तान तथा जुलाई २० मा आयोजक माल्दिभ्सको सामना गर्नेछ । प्रतियोगितामा सहभागी सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
प्रतियोगिताका लाथि १२ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ । टोलीको मुख्य प्रशिक्षकमा कुमार राई, सहायक प्रशिक्षकमा अर्जुन घिमिरे र व्यवस्थापकमा जुनु पुन छन् ।
नेपाली टोली
जेनिशा विक (कप्तान, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढामगर, भावना तामाङ, निशा चौधरी, अनुषा चौधरी, मिना सुनार, आरती चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री