अमेरिकालाई १६५ रनको लक्ष्य
काठमाडौं । नेपालले घरेलु टोली अमेरिकालाई पहिलो ट्वान्टी २० मा एक सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अमेरिकाका डलासमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ६४ रन बनायो ।
नेपालको लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा सर्वाधिक ४९ रन बनाए । दीपेन्द्रसिंह ऐरील्ो २८, तथा ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७ रन बनाएका थिए । गुल्शन झाले ११ र कुशल भुर्तेलले १० रन बनाउँदा करण केसी र आरिफ शेख गोल्डेन डकआउट भएका थिए ।
अमेरिकाको लागि सौरभ नेत्राभाल्कर, जसदीप सिंह र हर्मित सिंहले समान दुई विकेट लिए ।
अमेरिका र नेपालबीच तीन ट्वान्टी २० खेल आयोजना हुँनेछन् । त्यसपछि दुबै टोली आईसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा सहभागी हुनेछन् । लिग २ को शृंखलामा नेपाल र अमेरिकासहित साविक च्याम्पियन स्कटल्यान्ड हुनेछ ।