काठमाडौं । बागमती प्रदेश लगातार दोस्रो जित निकाल्दै सहाना प्रधान स्मृति यु-१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार बागमतीले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
बागमतीले खेल ३०-२८, २५-२३, २५-१७ ले आफ्नो पक्षमा पार्यो ।
जितसँगै समूह ‘ए’ बागमतीले दुई खेलमा ६ अंक जोडेको छ । दुवै खेलमा पराजित कर्णाली अंकविहिन छ । यसअघि नै यो समूहबाट सुदूरपश्चिमले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
पहिलो खेलमा बागमतीले मधेश प्रदेशलाई ३ १ को सेटमा हराउँद कर्णाली सुदूरपश्चिमसँग ३(१ कै सेटमा पराजित भएको थियो ।
यसैगरी महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘ए’ बाट बागमती र गण्डकी तथा समूह ‘बी’ बाट लुम्बिनी र कोशीले सेमिफाइनल यात्रा तय गरे ।