फाल्गुन २५, २०८२ सोमबार | २२:०४:१८
एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक एन्फा निर्वाचन रोक्न राखेपको पत्र पिएम कप : ४ क्रिकेट मैदानमा हुने विश्वकप पुग्ने बंगलादेशको चुनौती समाप्त, उज्वेकिस्तानसँग हार्दै एसियन कपबाट बाहिरियो काठमाडौंको जितमा इशानको अलराउण्ड प्रदर्शन ताला खोल्न एन्फाको आग्रह, नेपाली फुटबल गतिविधि प्रभावित हुन सक्ने चेतावनी महिला लिगका लागि संकटाले भित्र्यायो दुई विदेशी खेलाडी दुई भिन्न र्कीतिमान पछ्याउँदै सलाह सात खेलपछि फ्रेन्ड्सको जित, भगवतीको पाँचौं हार भारतले उपाधी जित्दा बनाएका केही कीर्तिमान भारतलाई उपाधी जिताउँदाका ३ नायक

सेन्ट्रल जोनमा उपाधि रक्षा गर्ने अरुणाको आशा

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा कम समयका बावजुद स्वभाविक प्रर्दशन गर्दै उपाधि रक्षाको प्रयास गर्ने बताएकी छिन् ।

तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफका खेलाडीको बाहुल्य रहेको कारण फिट्नेसको समस्या नहुने उनको बुझाई छ । राष्ट्रिय टिमको संगठित अभ्यास छोटो भए पनि खेलाडीहरु व्यक्तिगत रुपमा फिट भएकाले लय समाउन सजिलो हुने उनले बताइन ।

‘प्राय सबैजना खेलाडी विभागीय टोलीका नै छन् । विभागीय टोलीका खेलाडीहरु फिट छन् ।  राष्ट्रिय टोलीका लागि केही खेलाडी नयाँ छन् । नयाँ र पुराना खेलाडीको मिश्रणले टिम बलियो हुन्छ जस्तो लाग्छ,’ अरुणाले खेलाडीसँग भनिन, ‘हामीलाई कुन–कुन टिम आउँछन् भनेर पूरै जानकारी छैन । तथापि हाम्रो लक्ष्य स्वर्ण पदक नै हो ।’

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा सोमबार देखि सुरु भएको प्रशिक्षणमा एसियन च्याम्पियनसिपका लागि छनोट भएका १८ खेलाडी र विभागीय टोलीका तीन खेलाडी छन् ।

फिलिपिन्समा तीन महिना अघि हुने भनिएको एसियन च्याम्पियनसिपका लागि नेपाली टोली एक महिना बन्द प्रशिक्षणमा थियो । तर कोभिड १९ महामारीका कारण खेल स्थगित भएसँगै नेपाली टोलीको प्रशिक्षण पनि रोकिएको थियो ।

‘सेन्ट्रल जोनका लागि एक महिना प्रशिक्षण गरेर खेल्न नपाउँदा दुख लागेको थियो । तर महामारी कम हुँदै गएपछि बंगलादेशले प्रतियोगिता गर्ने भएको छ । यसले फेरी हामीलाई उत्साहित बनाएको छ,’ उनले भनिन् ।

डिसेम्बर २१ देखि बंगलादेशमा हुने प्रतियोगिताको लागि पुरुष टोलीका डच प्रशिक्षक हान एबिङ मंसिर २ गते नेपाल आउने भएका छन् । जसले गर्दा महिला टोलीलाई केही फाइदा हुनेमा अरुणा आशावादी छिन् ।

‘पुरुषको लागि विदेशी प्रशिक्षक आउँदा हामीले पनि नयाँ कुरा सिक्न पाउँछौ,’ उनले भनिन् ।

साविक विजेता नेपाललाई उपाधि जोगाउने निकै दबाब पनि छ । यसका साथै वरीयतामा सुधार ल्याउन पनि यो प्रतियोगिताको विशेष अर्थ रहने भएकाले उचित योजना बनाएर अघि बढ्ने प्रशिक्षक जगदिश भट्टले बताए । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||