माघ १५, २०८२ बिहीबार | ०८:३४:३४
यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित

रिया अस्पतालबाट डिस्चार्ज, कोर्टमा फर्किन कम्तिमा ६ महिना लाग्ने

काठमाडौं, (खेलाडी)- होङ्वान्जी न्यु डाइमन्ड क्लबकी उदीयमान खेलाडी रिया कुँवर घुँडाको सफल शल्यक्रिया पश्चात शुक्रबार अस्पतालबाट डिस्चार्ज भएकी छिन् । 

चोटग्रस्त घुँडाको सोमबार वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा शल्यक्रिया गराएकी रियाको स्वास्थ्यस्थितीमा सन्तोषजनक सुधार भएपछि उनलाई आज घर पठाइएको हो । 

न्यु डाइमन्डका लागि अभ्यास गर्ने क्रममा पाँच हप्ताअघि रियाको घुँडामा चोट लागेको थियो । सोमबार शल्यक्रिया गरेको भोलीपल्टबाटै उनले बैसाखीको सहारामा हिडडुल गर्न थालेकी थिइन । 

चोटका कारण अस्पतालमा भर्ना हुँदा पनि आसन्न एनभिए च्याम्पियनसिप गुमाउने चिन्ताले सताएको रियाले बताइन । 

‘एनभिए च्याम्पियनसिप हुँदैछ । म चाँही चोटका कारण उपचारमा छु । खेल्न नपाउँदा नराम्रो लागिरहेको छ । खेल्न पाए हुन्थ्यो भन्ने लागेको छ,’ उनले थपिन्, ‘भलिबलको माहोल धेरै मिस गरिरहेको छु ।’

रियालाई फेरी पूर्ण फिट्नेसका साथ कोर्ट फर्किन ६ देखि ९ महिना लाग्ने उनको शल्यक्रिया गरेका अर्थोपेडिक सर्जन भद्र हमालले खेलाडीलाई जानकारी गराए । 

रियाले कोर्ट फर्किनुअघिको समयलाई पढाईमा खर्चिने र राम्रो थेरापी गराएर उच्च मनोबलका साथ पुनः कोर्टमा फर्किने बताइन् । 

आइतबार देखि एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनको पाँचौं संस्करण हुँदैछ । 

एनभिए लिगको अघिल्लो संस्करणमा न्यु डाइमन्ड च्याम्पियन बन्दा रिया टोलीकी मुख्य खेलाडी थिइन् । 

न्यु डाइमन्ड क्लबका प्रशिक्षक कुमार राईले टिममा उनको कमी भए पनि राम्रो प्रर्दशनमा जोड दिने बताए । 

राष्ट्रिय ट्रमा सेन्टर र राष्ट्रिय खेलकुद परिष्द (राखेप) बीच गत असारमा भएको दुई वर्षे सम्झौता अनुसार खेलाडीलाई गुणस्तरीय सेवा दिने उल्लेख थियो । त्यही सम्झौताअनुसार रियाले ट्रमा सेन्टरबाट उपचार गाराएकी थिइन् । 

ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुनप्रसाद भेटवालले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सम्मानको लागि गुणस्तरीय स्वास्थ्य उपचार गराउने उद्देश्यले यही आर्थिक वर्षको सुरुमा राष्ट्रिय खेलकुद परिष्द (राखेप) सँग सम्झौता गरेका छौं ।’ 

ट्रमा सेन्टरका फोकल पर्सन राजकुमार पोखरेलले भने, ‘खेलकुद परिष्दबाट सिफारिस भएर आएका खेलाडीहरुलाई यहाँबाट उपलब्ध हुने सेवामा पुरै निशुल्क हैन, सहजीकरण र सहुलीयत दिने सहमति भएको छ ।’ 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।