फाल्गुन २८, २०८२ बिहीबार | १६:०३:३६
सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने

रिया अस्पतालबाट डिस्चार्ज, कोर्टमा फर्किन कम्तिमा ६ महिना लाग्ने

काठमाडौं, (खेलाडी)- होङ्वान्जी न्यु डाइमन्ड क्लबकी उदीयमान खेलाडी रिया कुँवर घुँडाको सफल शल्यक्रिया पश्चात शुक्रबार अस्पतालबाट डिस्चार्ज भएकी छिन् । 

चोटग्रस्त घुँडाको सोमबार वीर अस्पतालको राष्ट्रिय ट्रमा सेन्टरमा शल्यक्रिया गराएकी रियाको स्वास्थ्यस्थितीमा सन्तोषजनक सुधार भएपछि उनलाई आज घर पठाइएको हो । 

न्यु डाइमन्डका लागि अभ्यास गर्ने क्रममा पाँच हप्ताअघि रियाको घुँडामा चोट लागेको थियो । सोमबार शल्यक्रिया गरेको भोलीपल्टबाटै उनले बैसाखीको सहारामा हिडडुल गर्न थालेकी थिइन । 

चोटका कारण अस्पतालमा भर्ना हुँदा पनि आसन्न एनभिए च्याम्पियनसिप गुमाउने चिन्ताले सताएको रियाले बताइन । 

‘एनभिए च्याम्पियनसिप हुँदैछ । म चाँही चोटका कारण उपचारमा छु । खेल्न नपाउँदा नराम्रो लागिरहेको छ । खेल्न पाए हुन्थ्यो भन्ने लागेको छ,’ उनले थपिन्, ‘भलिबलको माहोल धेरै मिस गरिरहेको छु ।’

रियालाई फेरी पूर्ण फिट्नेसका साथ कोर्ट फर्किन ६ देखि ९ महिना लाग्ने उनको शल्यक्रिया गरेका अर्थोपेडिक सर्जन भद्र हमालले खेलाडीलाई जानकारी गराए । 

रियाले कोर्ट फर्किनुअघिको समयलाई पढाईमा खर्चिने र राम्रो थेरापी गराएर उच्च मनोबलका साथ पुनः कोर्टमा फर्किने बताइन् । 

आइतबार देखि एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनको पाँचौं संस्करण हुँदैछ । 

एनभिए लिगको अघिल्लो संस्करणमा न्यु डाइमन्ड च्याम्पियन बन्दा रिया टोलीकी मुख्य खेलाडी थिइन् । 

न्यु डाइमन्ड क्लबका प्रशिक्षक कुमार राईले टिममा उनको कमी भए पनि राम्रो प्रर्दशनमा जोड दिने बताए । 

राष्ट्रिय ट्रमा सेन्टर र राष्ट्रिय खेलकुद परिष्द (राखेप) बीच गत असारमा भएको दुई वर्षे सम्झौता अनुसार खेलाडीलाई गुणस्तरीय सेवा दिने उल्लेख थियो । त्यही सम्झौताअनुसार रियाले ट्रमा सेन्टरबाट उपचार गाराएकी थिइन् । 

ट्रमा सेन्टरका सूचना अधिकारी अर्जुनप्रसाद भेटवालले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सम्मानको लागि गुणस्तरीय स्वास्थ्य उपचार गराउने उद्देश्यले यही आर्थिक वर्षको सुरुमा राष्ट्रिय खेलकुद परिष्द (राखेप) सँग सम्झौता गरेका छौं ।’ 

ट्रमा सेन्टरका फोकल पर्सन राजकुमार पोखरेलले भने, ‘खेलकुद परिष्दबाट सिफारिस भएर आएका खेलाडीहरुलाई यहाँबाट उपलब्ध हुने सेवामा पुरै निशुल्क हैन, सहजीकरण र सहुलीयत दिने सहमति भएको छ ।’ 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||