सातदोबाटो । भारतका अभी अग्रवाल इमर्जिङ एथलिट्स जुनियर यु-१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत- सर्किट वानको ब्वाइज सिंगल्समा भारतका अभी अग्रवाल च्याम्पियन बनेका छन् ।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार भएको फाइनलमा अभीले आफ्नै देशका तनिस नन्दालाई ७-५, ६-२ को सोझो सेटमा पराजित गरे । यसअघि ब्वाइज डबल्समा अभी र तनिसको जोडी च्याम्पियन बनेको थियो ।
नेपाल टेनिस संघ र इमर्जिङ एटलिट्सद्वारा संयुक्त आयोजित प्रतियोगिताको गर्ल्स सिगल्समा नेपालकी शिभाली गुरुङ च्याम्पियन बनेकी थिइन् । गर्ल्स डबल्समा पनि शिभालीले माल्दिभ्सकी अइसथ करिन सइजनसन्ग मिलेर स्वर्ण पदक जितेकी थिइन् ।
विजेतालाई नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले पुरस्कृत गरे । प्रतियोगितामा ब्वाइज/गर्ल्स सिंगल्स र डबल्स गरी चार स्पर्धा समावेश थियो ।
प्रतियोगिताअन्तर्गत सर्कि-२ का खेलहरु सोमबारदेखि सुरु हुनेछ ।