मंसिर ६, २०८१ बिहीबार | १५:१८:३७
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ

पाँच नेपाली खेलाडी अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दोमा छनोट

काठमाडौं । नेपालका पाँच खेलाडी अस्ट्रेलियाको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनोट भएका छन् ।

सिड्नीको होमबसमा सम्पन्न न्यु साउथ वेल्स स्टेट च्याम्पियनसिपबाट उनीहरू छनोट भए । १३औं सागका कांस्य विजेता शिषिर श्रेष्ठसहित चन्दु शाही, पारस भण्डारी, मनोज श्रेष्ठ र सन्जिला तिमिल्सिना छनोट भएका छन् ।

व्यक्तिगत पुम्से चौथो डानतर्फ शिषिर कांस्य पदक जित्न सफल भए । स्टेट च्याम्पियनसिपमा शीर्ष तीन स्थानका खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउँछन् ।

चन्दु शाही र सञ्जिला तिमिल्सिना महिला व्यक्तिगत पुम्से तेस्रो डानतर्फ छनोट भए । चन्दुले कांस्य र सञ्जिलाले रजत पदक जिते । पारस भण्डारी पुरुष व्यक्तिगत पुम्से (तेस्रो डान) तर्फ छनोट भए । उनी यस विधामा रजत पदक जितेका थिए।

दोस्रो डानतर्फ प्रतिस्पर्धा गरेका मनोज श्रेष्ठ भने स्वर्ण पदक जित्दै छनोट भएका छन् । सबैले ट्रेडिसनल पुम्सेमा प्रतिस्पर्धा गरेका थिए । यस च्याम्पियनसिपमा विभिन्न देशका करिब ८०० खेलाडीको  सहभागिता थियो । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II INDU BURMA II Captain , National Women’s Cricket Team
KHELADI TALKS WITH AJAY PHUYAL II KARAN KC II MARQUEE KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
Nepal Premier league NPL का लागि सिंगारिदै TU Cricket Ground
dayahang rai भन्छन्ः मैले क्रिकेट अझै पनि बुझ्न सकेको छैन, तर क्रिकेटले हामीलाई जोडेको छ
Martin Guptil बाट धेरै सिक्न पाइन्छः Pratish GC
विदेशी खेलाडी समेट्न स्टार स्पोर्ट्स ल्यायौं : PARAS KHADKA II SECRETARY , CAN NEPAL PREMIER LEAGUE
NEPAL U19 VS UAE U19 ICC U19 WOMEN'S WORLD CUP QUALIFIER जिते पछि Puja Mahato Sony Pakhrin