चैत्र ५, २०८२ बिहीबार | १८:३९:४१
लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा

आधारभुत पौडी प्रशिक्षक तालिम सम्पन्न

तालिममा सहभागीलगायत ।

काठमाडौं । नेपाल पौडी संघको आयोजमा चार दिने आधारभूत पौडी प्रशिक्षक तालिम शनिबार सम्पन्न भएको छ ।

समापन समारोहमा पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कंग्रेसका केन्द्रिय सदस्य महोनबादुर बस्नेत प्रुख अतिथिका रूपमा थिए ।

प्रमुख अतिथि बस्नेतले देशको वर्तमान परिस्थितिलाई ध्यानमा राखेर तालिमको आयोजना गरेकोमा पौडी संघको प्रशंसा गरे । ‘अहिले देशको परिस्थिति जुन छ , त्यसलाई ध्यान दिएर पौडी संघले यो तालिम आयोजना गरेकोमा धन्यवाद दिन चाहन्छु, ’ उनले भने ।

प्रमुख अतिथि बस्नेतले पौडी संघको नव निर्वाचित टिमलाई उत्कृष्ट काम गरेर अगाडि बढ्न सुझाव दिँदै आफ्नो ठाउँबाट संघलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

आयोजक संघका अध्यक्ष जगतमान श्रेष्ठले नेपालमा पछिल्लो समय पौडी प्रशिक्षकको धैरै माग रहेको बताए । यसैगरी अध्यक्ष श्रेष्ठले मापदण्ड पूरा नगरी पौडी पोखरी निर्माण गर्दा दुर्घटना बढिरहेको प्रतिक्रिया दिए ।

संघका महासचिव तथा तालिमको मुख्य प्रशिक्षक ईश्वरमान कार्कीले स्वस्थ रहन पौडी आवश्यक रहेको बताए । उनले भने ‘मान्छेहरु स्वस्थ रहन व्यायाम गर्छन्, विभिन्न खेल खेल्छन् । अरु खेल खेल्दा हातखुट्टा भाँच्ने, चोटपटक लाग्ने गर्छ । तर, पौडी जानिसकेपछि त्यस्तो हुँदैन । ’

सातदोबाटेस्थित पौडी पोखरीमा मंगलबारदेखि सञ्चालन भएको  तालिममा २५ जनाको सहभागी रहेको संघका सचिव गंगालाल गोलेले जानकारी दिए । 

तालिममा सहभागीलाई प्रमुख अतिथि बस्नेतले प्रमाण पत्र वितरण गरेका थिए ।


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।