भक्तपुर । आयोजक भक्तपुर निस्ट स्कुल ‘ए’ तेश्रो निस्ट कपअन्तर्गत जुनियर गर्ल्स बास्केटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
लोकन्थलीस्थित घरेलु कोर्टमा निस्ट ‘ए’ ले माउन्ट भ्युलाई ३१-१८ ले पराजित गर्यो । यसैगरी ओम ज्ञान मन्दिरले निस्ट ‘बी’ लाई १३-८ तथा आर्या एकेडेमीले श्री सञ्जय साइ विद्या मन्दिरलाई १४-१० ले हराउदै अन्तिम चारको यात्रा तय गरे ।
सिनियर ब्वाइजमा निस्टले जनप्रेमी वर्ल्ड स्कुललाई ४१-२२ तथा राजश्री गुरुकुलले एभरेस्टलाई ४१-२५ ले निरास बनाउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।
यसैगरी जुनियर ब्वाइज फुटबलमा मल्पीले सञ्जय साइलाई ५-०, आर्या एकेडेमीले हाइली क्रिएटिभलाई पेनाल्टी सुटआउटमा ३-१ र नेक्सस इन्टरनेसनल एकेडेमीले निस्टलाई १-० ले हराउँदै सेमिफाइनल यात्रा तय गरे ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
