काठमाडौं । धरानमा सम्पन्न स्वर्गीय लीला श्रेष्ठ सुब्बा स्मृति कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको यु-१४ ब्वाइजमा गौतम तामाङ र गर्समा सुलेखा ठाकुरले स्वर्ण पदक जितेका छन् ।
मेघा हिमालय स्कुलका गौतमले फाइनलमा विष्णु मेमोरियलका रेहान कर्माचार्यलाई ११-५, ११-८, ११-७, १०-१० ले पराजित गरे । यस स्पर्धामा युरोका आवासीय माविका दुई खेलाडी अभय शाक्य र सोनल ताम्राकारले कांस्य पदक हात पारे ।
सुनाखरी स्कुलकी सुलेखाले युरेका आवासीय माविकी श्रेया सुवेदीलाई ११-३, ११-७,११-९ ले हराइन् । युरेकाकी चन्सया र मेरिल्यान्ड बोर्डिङ स्कुलकी सरिना राईले कांस्य पदक जिते ।
गौतम र सुलेखाले यु-१६ मा पनि स्वर्ण पदक जिते । गौतमले रेहानलाई पराजित गदो सुलेखाले सरिनालाई स्तब्ध बनाइन् ।
यु-१२ ब्वाइजमा मेरिल्यान्डका सोइल भुजेल तथा गर्ल्समा युरेकाकी श्रेया सुवेदीले स्वर्ण पदक जितेका छन् ।
६ स्पर्धा समावेश दुई दिने प्रतियोगितामा २० विद्यालयका १२० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।