विश्‍व नम्बर तीन नाडाल १४औं पटक फ्रेन्च ओपनको सेमिफाइनलमा

पेरिस, (खेलाडी)- बिस पटकका ग्राण्ड स्लाम च्याम्पियन राफेल नाडाल १४औं पटक फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा पुगेका छन् । रोलान्ड गारोसका सर्वाधिक सफल खेलाडी नाडालले यसअघि नै १३ पटक फ्रेन्च ओपनको उपाधि जितिसकेका छन् ।

बुधबार भएको क्‍वार्टरफाइनलमा पाँचौं बरियताका डिएको स्वार्ट्जम्यानलाई ६-३, ४-६, ६-४, ६-० को सेटमा पराजित गर्दै विश्‍व नम्बर तीन नाडाल सेमिफाइनलमा पुगेका हुन् ।

नाडालले फाइनल प्रवेशका लागि विश्‍व नम्बर एक नोभाक जोकोभिच र माटेओ बेरेटिनीबीच बुधबार नै हुने क्‍वार्टरफाइनलको विजेतासँग खेल्ने छन् ।

नाडालले यसअघिका चार सिजनमा लगातार फ्रेन्च ओपनको उपाधि उचालेका थिए ।