१७ वर्षिया गाउफ क्‍वाटरफाइनलमा

पेरिस, (खेलाडी)- अमेरिकाकी १७ वर्षिया कोको गाउफले ट्युनिसयाकी अन्स जाबेउरलाई २-० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको क्‍वार्टरफाइनलमा स्थान बनाएकी छिन् । गाउफले ग्राण्ड स्लाम टेनिसको क्‍वार्टरफाइनलमा स्थान बनाएको यो पहिलो पटक हो । 

२४औं वरियाताकी गाउफले ट्युनिसियाकी जाबेउरलाई ६-३, ६-१ को सेटमा हराएकी थिइन् । गाउफले अब सेमिफाइनल प्रवेशका लागि चेक गणतन्त्रकी बारबोरा क्रेज्किकोभाविरुद्ध खेल्नेछिन् । २५ वर्षिया क्रेज्किकोभाले अमेरिकाकी २९ वर्षिया स्लोनी स्टेफन्सलाई ६-२, ६-० को सेटमा हराउँदै क्‍वार्टरफाइनलमा स्थान बनाएकी थिइन् ।