चौथो वरियताप्राप्त केनिन फ्रेन्च ओपनबाट बाहिरिइन

पेरिस, (खेलाडी)- चौथो वरियाताकी सोफिया केनिन ग्रिसकी मारिया साकारीसँग २-० को सोझो सेटमा पराजित हुदै फ्रेन्च ओपनको अन्तिम १६ बाट बाहिरिएकी छिन् । 

१७औं वरियाताप्राप्त साकारीले अमेरिकाकी केनिनलाई ६-१, ६-३ को सेटमा सहजै हराएकी थिइन् । साकारी पहिलो पटक ग्राण्ड स्लामको क्वार्टरफाइनलमा प्रवेश गरेकी हुन् । 

२५ वर्षिया साकारीले अब सेमिफाइनल प्रवेशका लागि आठौं वरियाताकी इगा स्विटेकसँग प्रतिस्पर्धा गर्नेछिन् । पोल्यान्डकी स्विटेकले युक्रेनकी मार्टा कोस्ट्युकलाई ६-३, ६-४ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएकी हुन् ।