सहज जितसँगै नाडाल तेस्रो चरणमा

पेरिस, (खेलाडी)- साविक विजेता राफेल नाडालले पुराना प्रतिद्वन्द्वी रिचार्ड ग्यास्क्वेटलाई ६-०, ७-५, ६-२ को सेटमा हराउँदै फ्रेन्च ओपनको दोस्रो चरणमा स्थान बनाएका छन् । 

३५औं वर्षमा प्रवेश गरेका तेस्रो वरियाताप्राप्त नाडालले अब बेलायतका क्यमरुन नोरीविरुद्ध खेल्नेछन् । नोरीले दक्षिण अफ्रिकाका लोयड ह्यारिसलाई ४-६, ६-३, ६-३, ६-२ को सेटमा हराएका थिए ।