विश्‍व नम्बर एक जोकोभिचको सहज जित

पेरिस, (खेलाडी)– विश्‍व नम्बर एक नोभाक जोकोभिचले उरुग्वेका पाब्लो क्युवासलाई ६-३, ६-२, ६-४ को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको तेस्रो चरणमा स्थान बनाएका छन् । 

१८ पटकका ग्राण्ड स्लाम विजेजा सर्वियाका ३४ वर्षे जोकोभिचले अब लिथुनियाका रिकार्डस बेरानकिसविरुद्ध खेल्नेछन् । बेरानकिसले अस्ट्रेलियाका जेम्स डकवर्थलाई ७-५, २-६, ७-६(७/४), ६-० को सेटमा हराएका थिए । 

स्विट्जरल्यान्डका रोजर फेडेररले क्रोएसियाका मारिन किलिचलाई ६-२, २-६, ७-६(७/४), ६-२ को संघर्षपूर्ण सेटमा हराउँदै फ्रेन्च ओपनको अन्तिम ३२ मा स्थान बनाएका छन् ।

आठौं वरियाताप्राप्त ३९ वर्षे फेडेररले अब जर्मनीका डोमिनिक केइफरविरुद्ध खेल्नेछन् । केइफरले अमेरिकाका टेलर फ्रीट्ज ६-३, ६-२, ३-६, ६-४ को सेटमा हराएका थिए ।